Rashtriya Dainik

काङ्ग्रेस विनयी त्रिवेणी ६ का दुर्गा बहादुर गुरुङको निधन प्रति गहिरो शोक व्यक्त

आरपि उपाध्याय / नवलपरासी ,७ फाल्गुन

नेपाली काङ्ग्रेस विनयी त्रिवेणी वडा न.६ वडा कार्य समितिले आइतबार एक शोक बिज्ञप्ति प्रकाशित गरि पार्टीका कृयाशिल सदस्य दुर्गा बहादुर गुरुङको निधन भएकोमा गहिरो शोक व्यक्त गरिएको छ।
वडा कार्य समितिको सभापति बिर बहादुर ठकुरीद्वारा जारी शोक बिज्ञप्तिमा पार्टीका कृयाशिल सदस्य दुर्गा बहादुर गुरुङ्गको फाल्गुन ५ गते दिउँसो निधन भएकोमा मृत आत्माप्रती गहिरो शोक व्यक्त गर्दै परिवारजनप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको बिज्ञप्तिमा उल्लेख छ।
स्वर्गीय गुरुङ्गको त्रिवेणी स्थित नारायणी नदी किनारमा दाह संस्कार गरिएको थियो।
सो अवसरमा नेपाली काङ्ग्रेस नवलपुरका जिल्ला कार्य समिती सदस्य निरन्जन थापा र पार्टीका वडा सभापति ठकुरी समेतले पार्टीको चार तारे झण्डा ओढाइ श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो।
स्वर्गीय गुरुङ्ग विनयी त्रिवेणी ६ स्थित केउलानीमा विगत लामो समयदेखी बसोबास गर्दै आउनु भएको थियो भने २०५० सालदेखी नेपाली काङ्ग्रेसको कृयाशिल सदस्यको रुपमा पार्टी संगठनमा लाग्दै आउनु भएको पनि बिज्ञप्ति मार्फत जानकारी गराइएको छ।
स्वर्गीय गुरुङ्गको दुई छोरा,दुई छोरी र एक श्रीमती रहेको वडा उपसभापति अचल कुमार जोशीले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित