उमेश बि.क / नवलपरासी ,६ फाल्गुन
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ५ बाइपास राेडमा फाल्गुन १६ देखि हुन गइरहेकाे मेलाकाे तयारी तिब्र बनेकाे छ ।
यही फाल्गुन १७ गतेदेखि फाल्गुन ३० गतेसम्म संचालन हुने मेलाको तयारी तिब्र रुपमा भैरहेको छ ।
मेलाको बाण्डरी, गेट, मञ्च, स्टल निर्माण, बालउद्यान , स्टक बुकिङ तथा मेला हुने स्थल सजावटदेखि प्रचारप्रसारकाे काम तिब्र पारिएको आयाेजकले जनाएकाे छ ।

यस औद्योगिक ब्यापार मेलामा जिल्लालाई कृषि पर्यटन र औद्योगिक जिल्लाको रुपमा परिचित गराउदै जिल्लाको महत्वपुर्ण धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गराउने मेलाको उद्देश्य रहेको नवलपरासी उद्योग वाणिज्य संघको अध्यक्ष ओमप्रकाश अग्रहरीले जानकारी दिनुभएको छ।

नवलपरासी उद्योग वाणिज्य संघको आयोजना , नारायणी फेयर एक्जिवेसन नेपाल चितवनकाे ब्यवस्थापन तथा रामग्राम नगरपालिकाकाे संरक्षकमा मेला सन्चालन हुने संघको अध्यक्ष अग्रहरीले बताउनुभयो ।

मेलामा कृषि प्रदर्शनी शैक्षिक तथा पर्यटन ,बैँक तथा बितिय संस्था ,बहुराष्ट्रिय उद्योग ,राष्ट्रिय स्तरका उद्योग ,अटोमोबाईल्स ,हस्तकला,एफ.एम.सि.जि. एण्ड स्टिल्स ,होटल तथा फाष्टफूड,चिल्ड्रेन फन पार्क (रमाइलो मेला) ,निःशुल्क स्वास्थ्य शिविर ,आइटी तथा इलेक्ट्रोनिक्स ,विभिन्न गार्मेन्ट, जुत्ता चप्पल तथा कस्मेटिकका स्टलहरु ,निर्माण सामाग्री लगाएतका स्टलहरू प्रदर्शनमा राखिने नारायणी फेयर एक्जिवेसन नेपाल चितवनकाे ब्यवस्थाक बिद्यार्थी शाहले जानकारी दिनुभएको छ।

दर्शकको मनाेरन्जनका लागि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गायक / नायक , ख्यातिप्राप्त कलाकार तथा स्थानीय समुदायका परम्परागत भेषभूषा र संस्कृति पनि प्रदर्शन गरिने ब्यवस्थाक शाहले बताउनुभयो ।

मेलाको व्यापक प्रचारप्रसारले नेपाल भारत गरि ३ लाख दर्शकले मेला अवलोकन गर्ने तथा मेलामा करिब ७ करोड बराबरको आर्थिक कारोबार समेत हुने संघले अनुमानगरेको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

