रंजीत शर्मा/नवलपरासी ५ फाल्गुन
लागू पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०२ हरपुरमा किशोरकिशोरीले सचेतनामुलक नाटक प्रस्तुत गरेका छन्।
रक्षक किशोर संवाद केन्द्र र सक्षम किशोरी संवाद केन्द्रको आयोजना तथा ए.बि.सी. नेपालको आर्थिक सहयोग र पाल्हीनन्दन गाउँपालिकाको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो।
लागू प्रदार्थ दुर्ब्यवसनी विरुद्ध मन्चिय नाटक तथा सांस्कृतिक कार्यक्रम रक्षक किशोर संवाद समुहका अध्यक्ष श्री सफिउल्लाह अंसारीको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिकाका उपाध्यक्ष फातुमा खातुन अंसारी(सकिना) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अन्सारीले समाजमा दिन प्रति दिन बढ्दै गएको विद्यमान समस्या लागू पदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि सबै सरोकावालाहरुले आफ्नो दायित्व निभाउनु पर्ने बताउँदै अभिभावक र प्रहरी प्रशासन समेत सचेत रहन आग्रह गर्नु भयो। 
कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल, वार्ड नं २ का वडा अध्यक्ष जगदिश प्रसाद गुप्ता,एबीसी नेपाल भैरहवा क्षेत्रिय कार्यालयका कार्यकारी निर्देशक मनोज लामिछाने,कार्यपालिका सदस्य छोटेलाल पासवान,वडा सदस्य आसमा खातुन, एबीसीका कर्मचारी साईदा नेसा,पत्रकार रन्जित शर्मा आदिको आतिथ्यता रहेको कार्यक्रम ईमरान अलिले सन्चालन गरेका थिए भने स्वागत मन्तव्य शुशाञ्जली शर्माले राखेकी थिइन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

