Rashtriya Dainik

भष्ट्राचार बिरुद्धको संर्घष नरोकिने आरसीपी, नेपालको चेतावनी

नवलपरासी – मोहन बैद्य ‘किरण’नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भष्ट्राचार बिरुद्धको संर्घष नरोकिने चेतावनी दिएको छ ।
पार्टीको सुनवल नगर संगठन समितिले शनिवार अस्नैयामा आयोजना गरेको २९ औं जनयुद्ध दिवस बिशेष कार्यक्रममा उक्त चेतावनी दिइएको हो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले भष्ट्रचार तथा कमिसनखोरीका बिरुद्धको संर्घषलाई घनीभुत पार्ने बताउनुभयो । उहाँले दलाल सत्ता र संसदीय ब्यवस्थालाई जरैदेखि नफाले सम्म संर्घष जारी रहने चर्चा गर्नुभयो ।
कार्यक्रममा पार्टीका अर्का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले आत्मसंर्घष, अन्तरसंर्घष र बर्गसंर्घष पार गर्दै आन्दोलन अगाडि बढ्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा पार्टीका जिल्ला सहसंयोजक गणेश बहादुर ढकाललगायतले मन्तब्य राख्नुभएको थियो । उक्त पार्टी तथा पार्टी निकट जन संगठनहरुले देशैभर कालोमोसो अभियान तीब्र समेत बनाउदै आएका छन् ।



TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित