Rashtriya Dainik

बेवारिसे अबस्थामा रहेको मोटरसाईकल सहितको सामान बरामद

कपिलवस्तु ,४ फागुन

कपिलवस्तु प्रहरीले बेवारिसे अवस्थामा रहेको मोटरसाईकल सहितको सामान बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले शुद्धोधन गाउँपालिका वडा नम्बर ५ घिराउजोतबाट फागुन २ गते पक्राउ गरेको हो ।
बिलबिजक नभएका चोरी निकासीका वेवारिसे अवस्थामा रहेका मोवाईलका सामानहरु, लेडिज कस्मेटिक सामान र भारतिय नम्वर प्लेट भएको हिरो होण्डा मोटरसाईकल समेत गरी अन्दाजी २ लाख ५८ अन्ठाउन्न हजार ९ सय बराबरको मालसामानहरु बरामद गरिएको छ ।

उक्त बरामद गरिएका सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुठौलीमा पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि बहादुर वलिले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित