उत्कृष्ट कार्यसम्पादन गरेवापत मुस्ताङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेय सहित ३ जना प्रहरी अधिकृत पुरस्कृत भएका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवस २०८० को अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरुलाई पुरस्कृत गर्ने क्रममा प्रनाउ पाण्डेयसहित ३ जना प्रहरीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।
सुरक्षा निकाय अन्र्तगत गण्डकी प्रदेशले छैटो वर्ष पुरा गरी सातौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नो स्थापना दिवसको अवसरमा शुक्रबार पोखरामा आयोजित मुल समारोह कार्यक्रममा मुस्ताङका प्रनाउ पाण्डेयसहित पोखरा स्थित प्रहरी तालिम केन्द्रका समादेशक प्रबउ अरुण पौडेल र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन थापालाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।
प्रदेश स्थापना दिवस २०८० मा पुरस्कृत व्यक्तित्वहरुलाई जेठ १५ गते गणतन्त्र दिवसको दिन प्रदान गरिने भएको छ ।
हिमाली जिल्ला मुस्ताङमा विगत ५ महिनादेखि पुरस्कृत व्यक्तित्व प्रनाउ पाण्डे कार्यरत रहदै आईरहेका छन् । धार्मिक तथा पर्यटकीय जिल्लामा प्रहरी प्रमुखको भूमिकामा रही पर्यटक तथा स्थानीय नागरिकको शान्ति सुरक्षामा अहोरात्र खटिदै उत्कृष्ट योगदान गरे वापत प्रनाउ पाण्डेयलाई गण्डकी प्रदेश सरकारले उच्चसम्मान गरेको हो ।
प्रनाउ पाण्डेयले मुस्ताडमा विभिन्न सामाजिक अपराध, लैङ्गिक हिंसा, लागु औषध र साईबर अपराध सम्वन्धि दर्जनौ सचेतना मुलक कार्यक्रम गर्दैआईरहेका छन् । उनले सीमानाकामा हुँने चोरी सिकारी,अपराध नियन्त्रण
र अवैध क्रियाकलाप नियन्त्रणमा उत्कृष्ट कार्य गदै आईरहेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

