Rashtriya Dainik

मोटरसाईकल चोरी गर्दै रङ्गेहात दुई जना पक्राउ

अनिल बनिया / नवलपरासी ,४ फागुन

पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिका वडा नं-२ बाट मोटरसाइकल चोरी गरी भाग्ने क्रममा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रतापपुर गाउँपालिका वडा नं-१ भिठ्ठा बस्ने बर्ष २४ का कुमार चौधरी (थारु) र राहुल यादवलाई रङ्गेहात पक्राउ गरेको हो ।

उनिहरुले सेमरीको गोपिगञ्ज स्थित छायाँ होटल अगाडी सडकबाट लु २ प १२५६ नम्बरको हिरो होण्डा स्पेलेण्डर मोटरसाईकल चोरी गरेका थिए । प्रतापपुर वडा नं-१ सेमरी वस्ने बिजय चौधरीले पार्किङ गरी राखेको मोटरसाईकल चोरी भएको हो ।

प्रहरीले दुवैजनालाई पक्राउ गरी चोरी सम्बन्धी कसुर मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका नवलपरासीका सूचना अधिकारी एवं डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित