Rashtriya Dainik

पर्यटकिय क्षेत्रको सुचना बोर्ड पाल्हिनन्दनमा

ज्ञानेश्वर सहानी / नवलपरासी ४ फागुन

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा रहेको ऐतिहाँसिक स्थलहरूको होर्डिङ बोर्ड स्थापना भएको छ । गाउँपालिकाको अन्तिम सिमा रामग्राम नगरपालिका वडा नं. ७ को उजैनी गाँउको दक्षिण तर्फ महेशपुर परासी सडकमा सो बोर्ड राखेको हो ।


महेशपुर भन्सार,प्रवेशद्धार,गाउँपालिका कार्यालय,पाल्हीनन्दन अस्पताल,शिवपार्वत सिद्धधाम लोहरौली,पाल्ही भगवती मन्दिर,विसुनपुरा भन्सार नाकाको चिमनटोलवा,प्रचीन नन्दन सिटी,नन्दन ताल लगायतको क्षेत्रको दुरी समेत उल्लेख गरिएको छ । गाउँपालिका भित्र रहेको स्थान र दुरी सहित सम्बन्धित स्थानको तस्विर सहित राखेर प्रचारप्रसार गर्न सहयोग पुगोस भनेर बोर्ड स्थापना गरिएको हो ।
सुचना बोर्ड राख्न गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता,उपाध्यक्ष फातिमा खातुन अंसारी(सकिना) र प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल सहितको उपस्थितीमा बोर्ड राखिएको थियो ।
यहाँबाट महत्वपुर्ण स्थानको परिचय दिईने गरि होर्डिङ बोर्डले आउने स्वदेशी र विदेशी पर्यटक तथा आगन्तुकलाई ति स्थानमा पुग्न र ग्रामिण बस्तिको अवलोकन गर्न सकिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित