Rashtriya Dainik

विपन्न बालबालिकालाई सहयोग गरेर कृषि प्राबिधिक न्यौपानेले जन्मदिन मनाए

नवलपरासी ,३ फागुन

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका कृषि प्राबिधिक खुमकान्त न्यौपानेले आफ्नो जन्मदिन विपन्न बालबालिकासंग मनाउनुभएको छ ।
बर्दघाट–२ मौलादेबी प्राबिको शाखा चावचामा शैक्षिक तथा खेलकुद सामाग्री बितरण गरेर उहाँले जन्मदिन मनाउनुभएको हो ।
केक काटेर फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा १५ जना बालबालिकाहरुलाई सहयोग गरेर मनाउदाँ आनन्द महसुस भएको न्यौपानेले जानकारी गराउनुभयो । यसैबीच सरकारी तलब भत्ता लिनेहरुले सामुदायिक बिद्यालयमा आफ्ना परिवार पढाउनुपर्ने बर्दघाट नगरको निर्देशन अनुसार न्यौपानेले आफ्नो बहिनीलाई नीजि बिद्यालयबाट झिकेर दिब्यज्योति माविमा पढाउन शुरु गरेको समेत जनाइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित