Rashtriya Dainik

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्वारा पन्ध्र दिने “कफि वारिस्ता” तालिमको उद्धघाटन

कपिलवस्तु ,फागुन ३
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको आयोजना तथा बाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा १५ दिने कफि वारिस्ता तालिमको उद्घाटन द गार्डेन होटल बाणगंगा नगरपालिका वडा नं.४ सिद्विपुरमा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा बाणगंगाका नगर प्रमुख चक्रपाणि अर्यालले कफी वारिस्ता तालिमलाई रोजगार मुलक बनाउन आवश्यक रहेको बताए ।
नगरप्रमुख अर्यालले तालिम लिएर रोजगारी र ब्यवसाय सग जोडिन सहभागिलाई अग्रह गर्दै पालिकाबाट अहिले सम्म धेरै तालिमको आयोजना भए पनि कतिपय तालिमका लागि छुटाइएको बजेट खर्च भए अनुसारको उपलब्धी हासिल नभएको बताए । सिपमुलक तालिम लिएपछि उत्पादनमा लाग्नुपर्नेमा जोडदिएका थिए । खालि बस्दै आएका र रोजगारको खोजीमा बस्दै आएका नगरका युवायुवतीहरुलाई सिपमुलक तालिमले केहि गरौं भन्ने उर्जा मिल्ने छ । कफी वारिस्ता तालिमलाई रोजगारमुखी बनाउन सकेमा पालिकाबाट आगामी दिनमा थप बजेट बिनियोजन गर्ने नगरप्रमुख अर्यालले प्रतिवद्धता समेत जनाए ।
यस्तै बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले दैनिकि सग जोडिएका बिषयबस्तुलाई सिप सगै रोजगारमुलक बनाउनुपर्ने बताए । नाम कफिको मात्रै भएपनि धेरै कुराहरूको सीप सिक्न सकिने छ । तालिममा सिकेका कुराहरुलाई व्यवसायमा ल्याउन सके नगरले यस्ता सीप विकास सम्बन्धि कार्यक्रमहरूलाई आउँदा बर्षहरुमा पनि प्राथमिकतामा राख्ने बताए ।
घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष लक्ष्मण प्रसाद बेल्वासेले १५ दिने तालिमा हेर्दा सामान्य देखिएता पनि यसले सबैलाई सिप विकास गर्न सहयोग पुराउने बताए । उनले आफू वित्तीय संस्थामा पनि आबद्ध रहेकोले तालिम सकेपछि उद्योग सञ्चालनको लागि सहुलियत कर्जा समेत उपलब्ध गराउने बताए ।
त्यसैगरी बाणगंगा नगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख शुशिला पन्तले तालिम राम्रोसंग सिक्ने हो भने रोजगारीको साथसाथै ब्यवसायलाई जोडिन सकिने भएको हुँदा सिकेको सिपलाई व्यवहारमा ल्याउन आग्रह गरिन् ।
तालिम प्रशिक्षक सन्जय घिमिरेले तालिम रोजगारी उन्मुख भएकाले रोजगारीका लागि कुनै समस्या नहुने भन्दै वारिस्ताको धेरै खाचो भएको बताए । तालिम बिज्ञ घिमिरेले राम्रो कफी खानका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्दै बजारको माग अनुसारको तालिमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए ।
यस्तै होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलले सिपमुलक तालिम लिइसके पछि केहि न केहि व्यवसाय गरेर आर्थिक रुपमा सक्षम हुनेछन् भन्ने उद्देश्यले नगरका युवा युवतीहरुलाई उद्यमतर्फ उन्मुख गराउनका लागि कफी वारिस्ता तालिमको आयोजना गरिएको बताए । १५ दिन सम्म चल्ने तालिममा बाणगंगा नगरपालिकाका ११ वटै वडा बाट १५ जनाको सहभागिता रहेको छ । युवा स्वरोजगार व्यवसायी समृद्धी ,पर्यटन प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ सुरु भएको तालिम होटल तथा पर्यटन सघ कपिलस्तुको आयोजना र वाणगङ्गा नगरपालिकाको आर्थिक सहयोग रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित