नवलपरासी ,३ फागुन
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थितहरूलाइ निस्सा वितरण गर्न सुरु गरिएको छ।
बिहिबार आज सरावल गाउँपालिका वडा नम्बर १ मा राष्ट्रिय भूमि आयोग नवलपरासी पश्चिमले निस्सा वितरण गरिएको हो । वडा नं. १ का वडा अध्यक्ष विष्णुप्रसाद भट्टराईको अध्यक्षतामा एवं गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख अतित्थ्यतामा निस्सा वितरण गरिएको हो । सरावलमा हाल सम्म ७ वटै वडा बाट जम्मा ३ हजार १ सय ७ जान भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थितहरूको फर्म दर्ता रहेको गाउपालिका अध्यक्ष चौधरीले बताउनु भयो । जसमा जम्मा ४२५ जना भुमिहिन दलित\भुमिहिन सुकुम्वासी र जम्मा २,६८२ जना अब्यवस्थित बासोबासी रहेका छन । आयोगले किहि दिन अगाडि वडा नं. ३ मा निस्सा वितरण गरेको थीयो । जसमा वडा नं.३ मा २४ जना भुमिहिन दलित, २३ जना भुमिहिन सुकुम्बासी र २०९ जना अव्यवस्थित बसोबासीहरु गरि कुल वडा नं. ३ मा २५६ जनालाई निस्सा वितरण गरिएको अध्यक्ष चौधरिले बताउनु भयो ।
आज भने वडा नं. १ मा ४९ जना भुमिहिन दलित, १ सय जना भुमिहिन सुकुम्वासी र ५ सय ७० जना अव्यवस्थित बसोबासी गरि कुल ७ सय १९ वटा निस्सा वितरण गरिएको छ । लामो समयसम्म जग्गा नपाएका सुकुम्बासी नागरिकले निशा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको चाडै नै बाकि वडामा पनि निस्सा वितरण गरिने बताउदै अध्यक्ष चौधरीले केहि दिनमै वडा नं.५ र ६ मा निस्सा वितरण गरिने जानकारी समेत उहाँले दिनु भयो ।

सो अवसरमा राष्ट्रिय भूमि आयोग नवलपरासी पश्चिमका अध्यक्ष देवराज भण्डारी,सरावल गाउँपालिका उपाध्यक्ष वासमती हरिजन,आयोगको सदस्य लक्ष्मी भुसाल, त्यस्तै सरावल गाउँपालिकाका लेखा अधिकृत नारायण पाण्डेय, वडा नं.१ को सचिव सरस्वती शर्मा, वडा सदस्यहरु बुधन चौधर, गोरे राना मगर, शोभा देवी चौधरी, शान्ती कुमारी हरिजन लगाएतको सहभागिता रहेको थियो। उक्त कार्यक्रमको सञ्चालन सरावल गाउँपालिकाका भूमि व्यवस्थापन इकाइ प्रमुख राजन बस्यालले गर्नु भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

