राष्ट्रिय दैनिक / नवलपरासी ,३ फागुन
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम विहीबार सम्पन्न भएको छ।
आ.व.२०८०/८१ को सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाद्वारा प्रदान सेवा सुविधाको विषयमा सेवाग्राहीले समस्या गुनासो र भावी योजनामा पालिकाको जिम्मेवारीबारे जिज्ञासा राखेका थिए।
गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायको अध्यक्षतामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नागरिकहरुले स्वास्थ्य, शिक्षा,विकास पुर्वाधार खानेपानी,सडक लगायत विषयमा भएको कमिकमजोरी, अनियमितता र ढिला सुस्तिबारे ध्यानाकर्षण गराइएको थियो।
शान्ति सुरक्षा,नदीजन्य सामाग्रीको उत्खनन रोक्नेबारे पनि जिज्ञासा राखिएको तथा पालिकालाई कर्मचारी वा जनप्रतिनिधि कसले चलाएको हो भन्ने बारे पनि सार्वजनिक सुनवाइको प्रमुख विषय बनाइएको बुझिएको छ।

सार्वजनिक सुनवाइमा राखिएको जिज्ञासामा पालिका अध्यक्ष उपाध्यायले विकास निर्माण,स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा विधिसम्मत ढङ्गबाट सम्बोधन गर्दै आएको जानकारी गराउदै पालिकाले सबै नागरिक प्रती सम्मान गर्दै थप गुनासो भएमा त्यो गुनासो समाधान गर्न आफू र मातहतका शाखा प्रतिबद्ध रहने जिकिर गर्नुभयो।
सार्वजनिक सुनवाइ कार्यक्रममा पालिका उपाध्यक्ष गितादेवी चौधरी,न्यायीक सेवाको क्षेत्रमा भएको प्रगती र भावी रणनीति बारे जानकारी गराउनु भएको थियो।

सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत होमलाल भुषाल, योजना शाखा प्रमुख विष्णुप्रसाद ढकाल,सुस्ता १ का वडाध्यक्ष अशोक चौधरी लगायतले सुनवाइ कार्यक्रममा उठेका प्रश्नको जवाफ दिनुभएको थियो।
सो अवसरमा देढ दर्जन नागरिकहरुले सेवा सुविधाप्रती गुनासो र सुझाव दिएको समेत जानकारीमा आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

