Rashtriya Dainik

लागु औषध नाइट्राभेट सहित दुई जना पक्राउ

संजय कुशवाहा / नवलपरासी ३ फागुन

पश्चिम नवलपरासीमा लागु औषध सहित दुई जना पक्राउ परेका छन ।
पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ भगतपुरा स्थित प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेको रामग्राम नगरपालिका वडा नं. १ सौवाटिकर बस्ने वर्ष २२ को दिनानाथ राजभर र रामग्राम नगरपालिका वडा नं. १२ पचगवा बस्ने वर्ष २० को मनिष ठाकुर पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो ।
दुबै जनाको शरीर खानतलासी गर्दा ठाकुरले लगाएको हुडको खल्ती भित्र कालो प्लाष्टिकमा बेरी लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध नाईट्राभेट १५० ट्याब्लेट फेला पारी उक्त लागु औषध र दुई मानिसलाई नियन्त्रणमा लिई लागु औषध मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित