तुलसीराम पौडेल /फर्साटिकर,३ फाल्गुन
रुपन्देहीको शुद्दोधन गाउँपालिकाको वाड नम्बर -५ खजुरीयामा संस्कृत विद्दापिठ स्थापना गर्ने उद्देश्यले वाड नम्बर -४ सौ फर्साटिकरमा आयोजित श्रीमद भागवत महायज्ञ बुधबारदेखि शुरु भएको छ।लुम्बिनी प्रदेश गृहमन्त्री सन्तोष पाण्डेले महायज्ञको एक कार्यक्रमका बीच उद्द्घाटन गर्नुभयो । सो अवसरमा संस्कृत विद्दापिठ भवन निर्माणको लागि सहयोग गर्ने बिश्वास दिलाउनु भयो

। यज्ञ मुल आयोजक समितिका अध्यक्ष शेरबहादुर काफ्लेको अध्यक्षता, लुम्बिनी प्रदेश गृहमन्त्री सन्तोष पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय रुपन्देहीका अध्यक्ष उमाकान्त चापगाई ,शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्याल ,उपाध्यक्ष शान्तादेवी ज्ञवाली ,कथावाचक सरस प्रवक्ता नारायण कृष्ण पाण्डे ,नेपाली काङ्ग्रेस शुद्दोधनका अध्यक्ष दामोदर पौडेल ,रास्टिय स्वतन्त्र पार्टी शुद्दोधनका अध्यक्ष राजन पौडेल ,नेकपा माओवादी शुद्दोधनका अध्यक्ष रुक्मागत खनाल ,रास्टिय जनमोर्चा शुद्दोधनका अध्यक्ष लिलाधर घिमिरे लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे ।

फाल्गुन २ गतेदेखि ११ गतेसम्म संचालन हुने महायज्ञमा प्रमुख कथा बाचक चन्द्रकान्त काफ्लेबाट प्रतिदिन कथा प्रवचन हुने छ। महायज्ञको दैनिकी कार्यक्रम अन्तर्गत अनुसार फागुन ३ गतेदेखि प्रतिदिन बिहान ६:३० देखि ८ बजेसम्म यज्ञमण्डपमा पुजा भगवत आराधना ,बिहान ८ बजेदेखि ११ बजेसम्म पाठ परायण , १२ बजेदेखि ४:३० सम्म संगीतमय कथा प्रबचन ,झाकी ४:३० देखि ५ बजेसम्म आरति तथा प्रसाद ग्रहण ,साझ ६ बजेदेखि ७ बजेसम्म शृङ्गारिक महाआरती हुनेछ भने प्रतिदिन साझ ७ बजेदेखि ९:३० सम्म किर्तन एवं महात्मय कथा हुने महायज्ञ मुल समितिले जानकारी दिएको छ।

महायज्ञ मुल समितिका उपाध्यक्ष ओम प्रकाश ठाकुरको स्वागत मन्तव रहेकोे कार्यक्रमको संचालन डोलराज गैरेले गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

