उमेश बि.क / नवलपरासी ,३ फाल्गुन
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ७ मा अवस्थित पशुपति शिक्षा मन्दिर भुजहवाकाे ३० औ बार्षिक उत्सव मनाइएको छ।
बिद्यालय ब्यवस्थापन समितिकाे अध्यक्ष झिन्कु सिंह चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा ३० औँ बार्षिक उत्सव सम्पन्न गरिएको हाे।

वार्षिक उत्सव कार्यक्रमलाई सम्वाेधन गर्दै पालिका अध्यक्ष चाैधरी शैक्षिक जगतमा पशुपति शिक्षा मन्दिरले छुट्टै पहिचान बनाउन सफल रहेको बताउनुभयो । धार्मिक रुपमा समेत यहाँका बालबालिकाहरुको व्यवहार छुट्टै पहिचानको रुपमा रहेको वहाँले बताउनु भयो ।सरावल गाउँपालिकाले शैक्षिक क्षेत्रका प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो । शैक्षिक विकास भएमा अन्य विकासका पुर्वाधारको सम्भावना हुने भएकोले गाउँपालिकाले शैक्षिक क्षेत्रलाई मध्ये नजर गरि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेकाे बताउनुभयो ।

कार्यक्रममा पालिका उपाध्यक्ष बासमति हरिजन , प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्रा , वडा नम्बर ६ वडा अध्यक्ष छाेटेलाल गुप्ता , वडा नम्बर ७ वडा अध्यक्ष हेयात खाँ धुनिया लगाएतले यश विद्यालय चारित्रिक निर्माणका साथसाथै शिक्षासंगै संस्कार सिकाइ रहेको चर्चा गर्नुभएको थियो ।
कक्षा ५ सम्म सन्चालनमा रहेको उक्त विद्यालयमा २०० जना विद्यार्थी अध्यनरत रहेका छन।

देशबन्धु यादवकाे स्वागत मन्तब्यबाट सुरुवात भएको ३० औँ बार्षिक उत्सव कार्यक्रमकाे सन्चालन प्रधानाध्यापक रामआश्रय बरईले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

