Rashtriya Dainik

नेपाल आधारभुत विद्यालयको आयोजनामा सरस्वती पुजा सहित अक्षरारम्भ

आरपि उपाध्याय / नवलपरासी ,२ फाल्गुन

नेपाल आधारभुत विद्यालय सुस्ता प्रसैया विनयी त्रिवेणी ६ को आयोजनामा सरस्वती पुजा सहित अक्षरारम्भ कार्यक्रम बुधबार सम्पन्न भएको छ।

सरस्वती पुजाको अवसरमा बाल कक्षादेखि कक्षा ८ सम्म्का विद्यार्थीहरुले धार्मिक विधि सम्मत ढङ्गले पुजा कार्यक्रम सम्पन्न गरेका हुन।
सो अवसरमा २५ को सङ्ख्यामा नयाँ बालबालिकाहरुलाई निशुल्क भर्ना कार्यक्रम सहित अक्षरारम्भ कार्यक्रम गरिएको थियो।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजित मल्लको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका विद्यालयका पुर्व प्रधानाध्यापक आर.पि.उपाध्यायले शिक्षाको बलियो ज्योतिबाट नै भविष्यमा मुलुकको सर्वाङ्गिण विकास हुने धारणा राख्दै सरस्वती पुजाको अवसरमा प्रारम्भ गरिएको अक्षरारम्भ कार्यक्रमले नयाँ बालबालिकाहरुलाई ज्ञानको ज्योतीले गन्तव्यमा पुर्याउन मद्दत पुग्ने बताउनु भयो।
सो अवसरमा शिक्षक अभिभावक संघका अध्यक्ष तिलबहादुर गुरुङ, शिक्षिका रिमा पन्जियार, प्रधानाध्यापक यम सिंह थापा लगायतले अक्षरारम्भ कार्यक्रमको महत्वमाथी प्रकाश पार्नुभएको शिक्षक मनोज चौधरीले जानकारी दिनुभएको छ।
त्यसैगरी सरस्वती पुजाको अवसरमा विद्यालय प्राङ्गणमा सरस्वती मन्दिरको शिलान्यास गरिएको छ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजित मल्ल र शिक्षिका पुनम थापाले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो।
कुल ५ लाखको लागतमा निर्माण गरिने सरस्वती मन्दिरलाई आगामी शैक्षिकसत्र को अन्तसम्म निर्माण कार्य सम्पन्न गरिने विद्यालयले जनाएको छ।
अभिभावक,शिक्षक र अन्य दाताहरुको आर्थिक सहयोगमा निर्माण गरिने सरस्वती मन्दिरमा संगमर्मर जणित मुर्ती स्थापना गरिने पनि विद्यालयले जानकारी गराएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित