Rashtriya Dainik

आज वसन्तपञ्चमी : विद्याकी अधिष्ठात्री सरस्वतीको आराधना गरिँदै

काठमाडौं । आज माघ शुक्ल पञ्चमी। अर्थात् विद्याकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गर्ने दिन। विद्या आर्जन गर्नेहरूले बुधबार देवी सरस्वतीको उपासना गर्दैछन्।

विद्यार्थी, साहित्यकार र कलाकारले यो दिन विद्या र कलासामग्रीको पूजा गर्छन्। यो दिनलाई श्रीपञ्चमी वा वसन्तपञ्चमी पनि भनिन्छ। यो दिन बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ।

देवीभागवत महापुराणको नवम स्कन्ध चतुर्थ अध्यायमा माघ शुक्ल पञ्चमीमा गरिने सरस्वती पूजाबारे उल्लेख छ।

अमरकोषमा देवी सरस्वतीलाई ब्राह्मी, भारती, भाषा गीः वाक्, वाणी आदि नामले चिनाइएको छ। शारदा, श्री आदि नामले पनि यिनी परिचित छिन्।

पुराणमा सरस्वतीको उत्पत्तिबारे विभिन्न कथा आउँछ। सृष्टिकर्ता ब्रह्माजीले आफ्नो शरीरलाई आधा गरी सरस्वतीको उत्पत्ति गरेको प्रसङ्ग प्रख्यात छ। यस्तै मुखबाट उत्पत्ति भएको अर्को प्रसङ्गअनुसार सरस्वतीलाई वाग्देवी भनिएको छ।

सेतो वस्त्रमा सुशोभित, चार हातमा स्फटिकको माला, वीणा र पुस्तक लिएर पद्मको आसन बनाएकी, शान्त स्वरूपकी भगवती सरस्वतीले सदा सर्वदा बुद्धि–विद्या प्रदान गरुन् भन्ने विद्यार्थीको कामना हुन्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित