काठमाडौं । नवलपरासीको रामग्राममा रहेको भगवान गौतम बुद्धको समाधिस्थल रामग्राम परियोजनाको समझौता रद्द भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो परियोजना खारेज गर्ने निर्णय गरेको हो ।
रामग्राम परियोजन ९९ वर्षसम्म एउटा निजी कम्पनीलाई लिजमा दिने सम्झौता भएको थियो । बिना प्रतिस्पर्धा निजी कम्पनीलाई दिने निर्णयबारे संसद्देखि संसदीय समितिसम्म प्रश्न उठेको थियो । सोमबार बसेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पनि सो निर्णय सच्याउन निर्देशन दिएको थियो ।
लेखा समितिको निर्देशनपछि मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको कोष कार्यकारिणी समितिको बैठकले समितिको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

