नवलपरासी । कुवेतमा बैदेशिक रोजगारको क्रममा अलपत्र एक महिलाको नेपाली कांग्रेसका नेता एवंम् संघीय सांसद बिनोद चौधरीको पहलमा उद्धार गरी घर फर्काईको छ।
वैदेशिक रोजगारीको क्रममा कुवेत पुग्नुभएकी नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम), बर्दघाट नगरपालिका–१४, धर्मबस्ती स्थायी निवासी खगीसरा राहदी मगरलाई सांसद चौधरीको पहलमा उद्धार गरिएका हो ।
मा. विनोद चौधरीको विषेश पहलमा स्वदेश फिर्ता भएकी खगीसरालाई मेनपावर कम्पनीबाट क्षतिपूर्ति दिलाउँन आवश्यक पहल भइ रहेको छ । चौधरीको राजनितिक तर्फका स्वकीय सचिव राजकुमार घिमिरेले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीको लागि शुभम ओभरसिज इम्प्लाइमेन्ट प्रा. लि., काठमाडौं, नेपाल मार्फत् झण्डै २ महिना अघि मगर कुवेत पुग्नुभएको थियो । सम्झौता बमोजिमको काममा नलगाइएको र रोजगारदाता कम्पनीले समेत दुःख दिएकोले निज खगीसरा अलपत्र परी कम्पनीबाट भागेर नेपाली राजदुतावास कुवेतमा शरण लिएको अवस्थामा सांसद चौधरीको पहलमा मगरलाई उद्धार गरिएको छ ।
विनोद चौधरीले श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, कुवेत स्थित नेपाली राजदुतावास, मेनपावर कम्पनीसँग आवश्यक समन्वय गरी मगर स्वदेश फिर्ता गराई उनी आफ्नो घर पुगिसकेकी छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

