Rashtriya Dainik

किड्नी खराबी उपचारको लागि सहयोगको अपील

किड्नी खराबी बाट पीडित गौरीगंगाको चौमलाका केशव राज अवस्थीको उपचारको लागि परिवारले सहयोगको लागि अपील गरेका छन्।

घोडाघोडी नगरपालिका वडा नं. १ का देव राज अवस्थीले भाइको उपचारको लागि सहयोग मागेका हुन्।

केशवको उपचारको लागि ३ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अस्पतालले जनाएको छ। तर परिवारको आर्थिक अवस्था कमजोर भएकोले सो बराबरको रकम जोहो गर्न सक्ने अवस्थामा परिवार छैनन्।

‘कमजोर आर्थिक हैसियत भएको परिवारले त्यत्रो पैसा कहाँबाट जुटाउन सक्नु र!’ केशबका दाई देवराजले भने,‘त्यसैले हामी सबै मिलेर उनको उपचारको लागि रकम जोहो गर्न सबैसँग सहयोग मागिरहेका छौं।’

देवराज अनुसार अस्पतलले भर्ना गर्नकै लागि एक लाख पचास हजार रुपैयाँ मागेको छ। परीवार र आफन्तजनबाट समेत रकम संकलन गर्न लागेका छौं

चार जना सदस्य भएको केशवको परिवारको मुख्य आम्दानीको स्रोत कृषिमात्रै हो। ‘वर्षभरिको उत्पादनले खान लाउन नै धौधौ हुन्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित