आरपि उपाध्याय / नवलपरासी ,१ फाल्गुन
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका ५ सुस्ता टोलमा श्री सप्तचण्डी महायज्ञ एक भव्य कार्यक्रमका बिच मङ्गलबारदेखी प्रारम्भ भएको छ।
नेपाल भारत सिमा क्षेत्रमा आपसी सद्भाव बलियो बनाउन र अधुरो दुर्गा मन्दिरलाई पुर्णता दिने तथा सुस्ता भुमिमा आवतजावत गर्न झोलुङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको खुसीयालीमा महायज्ञ गर्न थालिएको आयोजकले बताएको छ।
सप्तचण्डी महायज्ञ ९ दिवसीय रहने र महायज्ञमा भारत उत्तरप्रदेशका प्रमुख वाचक शिरोमणी उपेन्द्रराज महाराजले कथा वाचन गर्नु हुने बताइएको छ।
सप्तचण्डी महायज्ञ मुल समितीका अध्यक्ष बिजय साहको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सदस्य यम बहादुर थापा (दिपक) को प्रमुख आतिथ्यता र सुस्ता ५ निवासी मुन्ना खाँ को विशेष आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा प्रमुख अतिथि थापाले सुस्तामा हुन लाएको चण्डी महायज्ञले धार्मिक जागरण बलियो बनाउन सुस्ताको विकास तथा प्रवर्द्धन गरि अधुरो दुर्गा मन्दिरलाई पुर्णता दिन सहज हुने धारणा राख्नुभयो।
महायज्ञको पहिलो दिन सुस्ता र सिमापार भारत चकदहवाका १ हजारको सङ्ख्यामा नरनारीहरुले नारायणी नदीको जल भरी कलश यात्रा गर्दै नेपाल भारत अन्तर्राष्ट्रिय सिमापार भारत भुमिमा समेत श्रद्धालु भक्तजनहरुले भजन, किर्तनका साथ परिक्रमा गरेको स्थानिय रबिन्द्र कुमार जैसवालले जानकारी दिनुभएको छ।

सप्तचण्डी महायज्ञमा उपस्थित कलश यात्रु र भक्तजनहरुलाई सुस्ता ५ पक्लिहवा निवासी हिटलर यादव,मुरारी कुशवाहा र फेकु मुसहरले प्रसादको व्यवस्था मिलाउनु भएको जानकारी गराइएको छ।
सप्तचण्डी महायज्ञको कलश यात्रामा नेपाल प्रहरी,सशस्त्र प्रहरी बल सुस्ताका जनशक्तिहरुको पनि उपस्थिति रहेको थियो।
महायज्ञमा भारत बनारसका आचार्य अवधेश पाण्डेले आचार्यको भुमिका निर्वाह गर्नुहुने छ भने यज्ञ अवधि भरी सायम कालमा रामलिला प्रदर्शन गरिने पनि आयोजकले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

