Rashtriya Dainik

नवलपरासीको सुस्तामा हजुरबुबा र नाति मृत अवस्था फेला

राष्ट्रिय दैनिक / नवलपरासी ,१ फाल्गुन

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा हजुरबुबा र नाति मृत अवस्था फेला परेका छन।

मृत्यु हुनेमा जिल्लाको सुस्ता गाउँपालिका वडा न ३ बस्ने अन्दाजी बर्ष ६५ को अक्षय लाल चमार र उनको नाति अन्दाजी बर्ष ११ को गौचरण चमार रहेका छन् । घटनाको प्रकृति हेर्ने हो भने हत्या भएको आशंका गरिएको छ ।

प्रहरीको अनुसार मृत्यु हुने हजुरबुबा र नातीको शब हेर्दा हत्या गरिएको जस्तो प्रकृति देखिएको र अज्ञात ब्यक्तिबाट धारिलो हतियारको प्रयोगबाट हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

सुस्ता गाउँपालिका वडा न ३ मर्चहवा बस्ने बर्ष अन्दाजी ६५ को यक्षलाल चमार र निजकै नाती बर्ष अन्दाजी ११ को गौचरण चमार घर देखि अं.५०० मिटर दक्षिण तर्फ ५ नं.ठोक्करमा बिगत ४/५ बर्ष अगाडी देखिनै सिमेन्टको कच्ची खपट्टोले छाएको छाप्रोमा बस्दै खेतिपाती गर्दै आईरहेको थियो ।

हजुरबुबा र नाति अन्दाजी १५ मिटर दुरीको फरकमा छाप्रो बाहिर उत्तानो मृत अवस्थामा रहेको भन्ने स्थानियहरु मार्फत जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक काजीकुमार आचार्यको कमाण्डमा प्रहरी खटि गई घटनास्थलमा तालिमप्राप्त कुकुर झिकाइ थप अनुसन्धान भइरहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित