बीरगन्ज / जिल्ला प्रहरी कार्यालय पर्साले विल विजक भन्दा बढीको डेढ करोड रुपैया बराबरको औषधि र खुद्रा समान सहित २ वटा मालबाहक ट्रक पक्राउ गरेको छ ।
बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको ना.५ ख ८५६५ नम्बरको मालबाहक ट्रक लाई बीरगन्ज परवानीपुर चौकबाट नियन्त्रण मा प्रहरीले लिएको छ मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ७० लाख ४३ हजार सात सय बरावरको ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि २९ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता कुमार बिक्रम थापाले जानकारी दिनु भएको छ ।
यसैगरी वीरगञ्ज महानगरपालिका वडा नं. १४ गण्डक चोक स्थित प्रदेश-१-०१-००१ ख ३९१५ नम्बरको मालवाहक कन्टेनर ट्रकभित्र साथमा रहेको विल बिजक भन्दा बढीका विभिन्न किसिमका लत्ताकपडा तथा औषधीहरू लोड गरी वीरगञ्जबाट झापा तर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिई विल विजक भन्दा बढीका मालबस्तुहरू लोड रहेको हुँदा ६९ लाख १५ हजार बराबरका मालबस्तुहरू थप अनुसन्धान तथा कारवाहीको लागि २९ गते राजस्व अनुसन्धान पथलैया बारामा बुझाइएको प्रवक्ता थापाले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

