तुलसीराम पौडेल /रुपन्देही , माघ २९
रुपन्देहीको सियारी गाउँपालिका -६ मिलन चोक स्थित सिद्दार्थ माध्यमिक बिधालयको ४२ औं वार्षिकोत्सब तथा अभिभावक दिवस आइतबार सम्पन्न भयो ।लुम्बिनी प्रदेश पुर्व मन्त्री एवं प्रदेश सभा सदस्य माननीय वसीउद्दीन खाँले वार्षिक उत्सवको एक कार्यक्रमका बीच उद्दघाटन गर्नुभयो ।सो अवसरमा विद्यालयको लागि दुई कोठे भवन निर्माण र बस उपलब्ध गराउने उहाँले बिश्वास दिलाउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमनाथ सापकोटाको अध्यक्षता, लुम्बिनी प्रदेश पुर्व मन्त्री एवं प्रदेश सभा सदस्य माननीय वसीउद्दीन खाँको प्रमुख आतिथ्यता, माननीय भगवती घिमिरे र पुर्व माननीय पुष्पा थरुनिको विशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा सियारी गाउँपालिका शिक्षा शाखा प्रमुख सुधिर पौडेल ,विद्यालयका पुर्व व्यवस्थापन समिती अध्यक्ष कृष्ण नेपाल ,पब्लिक नमुना माविका प्रधानाध्यापक डिलाराम खनाल ,नेपाल शिक्षक महासंघ सियारीका अध्यक्ष ॠषिराम घिमिरे ,त्रीवेणी आधारभुत विद्यालयका प्रधानाध्यापक मथुरा यादव लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।
कार्यक्रममा आधारभुत ,एसइई र कक्षा १२ अन्तरगत आफुले पढाउने विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरुलाई सम्मान गरिएको थियोे ।

त्यसै अवसरमा विद्यालयका गरीब जेहेन्दार विद्यार्थीहरुलाई समेत छात्रवृत्ति वितरण गरिएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक रामप्रसाद चौधरीको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन शिक्षक दिपक देवकोटाले गर्नुभएको थियोे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

