राष्ट्रिय दैनिक / नवलपरासी, २९ माघ
पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकामा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।
सरावल गाउँपालिका वडा नम्बर ४ काे कार्यवाहक वडा अध्यक्ष अर्जुन गुप्ताकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीकाे प्रमुख आतिथ्यतामा आज एक कार्यक्रम बिच तालिम सम्पन्न भएको हाे।

तालिम सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले नेतृत्व विकासबाट नै हरेक कुराको शूरूवात हुने बताउनुभयो । नेतृत्व बिकासमा सबैलाई अघि बढ्न आग्रह गर्दै सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गर्नुभयो ।

त्यस्तै उपाध्यक्ष बासमति हरिजनले दक्ष जनशक्ती उत्पादनमा यस्ता तालिम प्रशिक्षणको आवश्यक्ता रहेको बताउनु भयो । उहाँले आफुभित्र भएके निखारता बाहिर ल्याउन पनि प्रशिक्षणले ठुलो टेवा पुग्ने बताउनु भयो ।

तालिममा सरावल गाउँपालिका वडा नं ४ वडा सदस्य रन्जना महताे,वडा सदस्य सावित्री हरिजन ,वडा सदस्य सुवास केवट लगायतकाे उपस्थिति रहेको थियो ।

सरावल गाउँपालिकाको आयोजनामा ४ दिनसम्म सञ्चालन भएको तालिम ५० जना सहभागिहरुलाई मेघराज गाैतम, पुरुसाेत्तम ढकाल र मालति न्याैपानेले सहजिकरण गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

