Rashtriya Dainik

सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानमा पदाधिकारी थप

नेपाली कांग्रेस सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानमा पदाधिकारी थप गरिएको छ ।

अभियानका संयोजक कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको अध्यक्षतामा आइतबार बसेको बैठकले सहसंयोजकमा कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कंडेल र कांग्रेस नेता लोकेश ढकाललाई चयन गरेको छ । त्यस्तै महाअभियानको कोषाध्यक्षमा भानुभक्त ढकाल चयन गरिएको छ ।

बैठकले सल्लाहकार परिषदको संयोजकको जिम्मेवारी नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य लक्ष्मण घिमिरेलाई तोकेको छ । बैठकले कांग्रेसको महासमिति बैठक पूर्व फागुन ५ गते वानेश्वर बैकेटमा महासमिति बैठकमा पेश गर्ने एजेण्डाका विषयमा छलफल गर्ने तथा महाअभियानको घोषाणा पत्र जारी गर्ने निर्णय गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित