नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य क्षेत्र बहादुर थापाले संस्थागत भष्ट्राचार तथा दलालहरुमा बिरुद्ध स्थानीयस्तरमा जनप्रतिरोध शुरु भईसकेको बताउनुभएको छ । सोमवार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन नवलपरासी समितिद्वारा जनयुद्धको २९ औं दिवसको पूर्वसन्ध्यामा बर्दघाटमा आयोजित दीप प्रज्वलनमा उहाँले यस्तो बताउनुभएको हो ।
‘देशैभर दलाल भष्ट्रहरु माथि जनप्रतिरोध संचालित छ, त्यसको शुरुवात हाम्रो पार्टीले गरेको छ ।’ – उक्त पार्टीका जिल्ला ईन्चार्ज समेत रहनुभएका उहाँले कोण सभामा बोल्दै भन्नुभयो – हामीले स्थानीयस्तरमा प्रतिरोध संर्घष संचालन गरिरहेका छौं । दलाल ब्यवस्था नफाले सम्म उत्पिडित जनताको मुक्ति हुदैन् । यसलाई फाल्न सबै देशभक्त तथा जनवादी शक्ति एक हुनुपर्छ ।’
उहाँले भष्ट्र दलाल तथा तस्करहरुलाई पार्टीले जनकारवाही गर्दै अगाडि बढने उद्घोष गर्नुभयो । बित्तीय शोषण बिरुद्ध समेत पार्टी आन्दोलनमा रहेको उहाँले जानकारी गराउनुभयो । फरक प्रसंगमा उहाँले पार्टीले कार्यनीतिक श्रृखलाको रुपमा नयाँ कार्यनीति ल्याएको र महाधिबेशन सम्म बिचार निर्माणको लागि अनुसन्धान भईरहेको बताउनुभयो ।
कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाले दलालीकरण एंव माफियाकरणका बिरुद्ध क्रान्तिकारी युवा बिद्यार्थीहरुको एकताबद्ध भएर लागेको उल्लेख गर्नुभयो ।

दीप प्रज्वलन कार्यक्रम जिल्ला ईन्चार्ज थापा , केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेय र सहसंयोजक गणेश बहादुर ढकालले संयुक्त रुपमा दीप बालेर गर्नुभएको थियो ।
सो अवसरमा सहभागीहरुले दलाल संसदीय ब्यवस्था अन्त्य गर, जनयुद्ध जिन्दावाद जस्ता दर्जनौ नारावाजी गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

