Rashtriya Dainik

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनद्वारा ध्यानाकर्षण

राष्ट्रिय दैनिक / नवलपरासी ,६ माघ

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन जिल्ला कमिटी नवलपरासीले ध्यानाकर्षण बुझाएको छ ।

बिद्यार्थीहरुका लागि यातायात ,मनाेरन्जन जस्ता क्षेत्रमा राज्यले दिदै अाएकाे सुविधामा केही यातायात ब्यवसायिले विद्यार्थी सहुलियत नदिइएको र दिन अनाकानि गरेको हुनाले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन जिल्ला कमिटी नवलपरासीले जिल्ला प्रशासन कार्यक्रममा ध्यानाकर्षण पत्र बुझाएको हाे ।

अखिलका जिल्ला सहसंयोजक विशाल गिरीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी सागर मणी पाठकलाई ध्यानाकर्षण गरेको हो ।

यातायात ब्यवसायिहरुलाई तुरुन्त साे अनुसारको ४५ प्रतिशत सहुलियत उपलब्ध गराइदिन तथा पेट्राेलियम पदार्थमा गरेको मुल्य बृद्धि फिर्ता गर्न नेपाल सरकारसमक्ष ध्यानाकर्षण बुझाईएको सन्जय माैर्यले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित