Rashtriya Dainik

नेपाल निवृत्त शिक्षक समाज विनयी त्रिवेणीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,२९ माघ

नेपाल निवृत्त शिक्षक समाज विनयी त्रिवेणीको तेस्रो वार्षिक साधारणसभा पुर्वी नवलपरासीको दुम्किबासमा सोमबार सम्पन्न भएको छ।
नेपाल निवृत्त शिक्षक समाज विनयी त्रिवेणीका अध्यक्ष बालकृष्ण भुषालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
साधारणसभामा प्रमुख अतिथि समेत रहनु भएका समाजका जिल्ला अध्यक्ष भागवत गौतमले आफ्नो सारा जीवन राष्ट्रलाई समर्पित गरेका निवृत्त शिक्षक समाजले निवृत्त पछिको जीवनलाई पनि समाजलाई दिनुपर्ने बताउदै अब आउदो समयमा सामाजिक क्रियाकलापलाई अझ बढी सहभागी बनाउदै थप बाकी जिवनलाइ सार्थक बनाउनुपर्ने धारणा राख्नुभयो।
सो अवसरमा समाजका जिल्ला उपाध्यक्ष शालिकराम तिमिल्सिनाले संाङ्गठनिक गतिविधि प्रस्तुत गर्दै निवृत्त शिक्षक समाजलाई अझ बढी क्रियाशील बनाउन सबै पुर्व शिक्षकहरु सामुहिक रुपमै अगाडि बढ्नुपर्ने जिकिर गर्नुभयो।
साधारणसभामा समाजका जिल्ला सचीव यमलाल कडेल,धर्म बहादुर जि.सी., शारदा कोइराला,तिलक बहादुर जि.सी. लगायतले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्नुभएको थियो।
“निवृत्त शिक्षक हक हित र प्रवर्द्धनता शैक्षिक विकास र सामाजिक रुपान्तरणमा एक्यवद्धता” भन्ने मुल नाराका साथ आयोजना भएको साधारणसभामा समाजका अध्यक्ष भुषालले अध्यक्षको प्रतिवेदन सहित वार्षिक प्रगती विवरण प्रस्तुत गर्नुभयो।


साधारणसभामा वर,पिपल र स्वामीको वृक्ष लगाएर शितल चौतारीको निर्माण गर्ने निवृत्त शिक्षकको अभियानलाई अगाडि बढाउने सामुहिक प्रतिबद्धता गरिएको कार्यक्रम सञ्चालक खेमराज तिमिल्सिनाले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित