Rashtriya Dainik

पर्साको कालिकामाई गाउँपालिका पुर्ण खोप घोषणा

राजन कुमार बानिया /पर्सा ,२९ माघ

पर्साको कालिकामाई गाउँपालिकाको आज एक कार्यक्रमका बिच पुर्ण खोप घोषणा गरिएको छ ।

गाउँपालिकाबाट खटाइएका स्वास्थ्यकर्मीहरुले घर-घरमा पुगेर गाउँपालिकाका १६ सय ५६ जना ५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाएपछि गाउँपालिका पूर्ण खोप  घोषणा गरिएको हो ।

‘स्थानिय स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चित्ता हाम्रो प्रतिवद्धताको’ नारा साथ कालिकामाई गाउँपालिका  कार्यालय हरिहरपुर बिर्तामा रहेको नेराप्राबी को प्राङ्गणमा आयोजित कार्यक्रम भएको थियोे ।  पुर्ण खोप घोषणा  कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका जिल्ला समन्वय समिति पर्साको उपसभापती पुरण प्रसाद कुर्मीको प्रमुख अतिथ्यमा भएको गाउँपालिका  पुर्ण खोप घोष्णा कार्यक्रममा बोल्दै कुर्मीले भने पुर्ण खोप घोषण लगायत स्वास्थ्य  समबन्धी कार्यक्रम मा महिला स्वमसेबिका हरु को  योगदान सहयोग महतपुर्ण रहेको छ। महिला स्वमसेबिका हरु ले दिनरात खटेर सेवाको भावना ले निस्वार्थ भावना ले सहयोग गरिरहेका छन। योगदान को कदर हुदैन ,ईनिहरु ले  बधाई तथा प्रसंसापत्र बाहेक केही पाएका छैन । ईनिहरु लाई गाउँपालिका ले जिवको पर्जन लाई केही अार्थिक  गर्न जरुरी रहेको बताए ।  गाउँपालिका पुर्ण खोप अझै जिमवारी स्वास्थ्यकर्मी हरु लाई बढेको उपसभापति कुर्मी ले बताए । पुर्ण खोप घोषणा सभा मा विशिष्ट अतिथी रहनु भएको बरिष्ट जनस्वास्थ्य अधिकृत मुक्ति नारायण साहले भने स्वास्थ्य रहनको लागि खोप जरुरी रहेको बताए । ५ वर्ष मुनिका का बालबालिका हरु  लाई १३ वटा नियमित खोप , सम्य मा खोप लगाएपछी स्वस्थ्य रहने बताए  गाउँपालिका पुर्ण खोप घोषणा  मा सहयोग गरिने  सम्पुर्ण स्वास्थ्यकर्मी ,गाउँपालिका अध्यक्ष लागायत जनप्रतिनिधि ,कर्मचारी लगायत लाई बधाई दिदै भने भौतिक बिकास निर्माण भन्दा बढि मानव स्वास्थ्य सेवा पनि जरुरी रहेको बताए । अाज को पुर्ण खोप घोषणा बाट अब  स्वास्थ्यकर्मी र जनप्रतिनिधि हरु लाई विशेष जिमवारी थपिएको छ। प्रतेक जन्मिने बालबालिका हरु लाई निगरानी नियमित खोप लगाउने पर्ने बताए । नियमित खोप लगायत स्वास्थ्य समबन्धि  अन्य कार्य हरु मा हाम्रो सहयोग रहने जनस्वास्थ्य प्रमुख साह ले प्रतिबद्धता गरे। कालिकामाई गाउँपालिका  पुर्ण खोप घोषणा   जिल्ला को अन्तिम गाउँपालिका हो । अब छिटै जिल्ला लाई पुर्ण खोप गरिने बताए । जनस्वास्थ्य प्रमुख साह ले भने खुशि को कुरो पनि छ मधेश प्रदेश मा दोस्रो स्थान मा पर्सा जनस्वास्थ्य कार्यालय भएको मा खुशि पनि ब्यक्त गरे। यश खुशी मा पर्सा को  सम्पुर्ण स्वास्थ्यकर्मी को सहयोग ले पुगेको छ  । पुर्ण खोप घोषणा कार्यक्रममा अध्यक्ष बशिष्ठ  गुप्ताले पूर्ण खोप युक्त वडा घोषणा गरेका थिए । पुर्ण खोप  घोषणा पत्र पढेर  पूर्ण रुपमा खोप युक्त वडा र गाउँपालिका घोषणा भएको सबैलाई जानकारी गराएका थिए 

पुर्ण खोप कार्यक्रम गाउँपालिका  अध्यक्ष गुप्ताको अध्यक्ष्ातामा भएको कार्यक्रममा अध्यक्ष गुप्ताले गाउँपालिका पुर्ण खोप घोषणा गर्दै  भने स्वास्थ्यकर्मीहरुले गरेको कामलाई सराहनिय रहेको  बताए । उनले स्वास्थ्यकर्मीहरुले आफ्नो  सेवामा दिन रात खटेर सबैको मन जितेको बताए । महिला स्वमसेबिका लगायत का 

‘स्वास्थ्यकर्मीहरुको मेहनत र लगनशीलताका कारण आज हाम्रो गाउँपालिका पूर्ण खोप युक्त वडा घोषणा भएको छ।

अध्यक्ष गुप्ताले गाउँपालिकामा आफ्नो पहिलो प्राथमिकता स्वास्थ्य, शिक्षा रहेको र अहिले नयाँ सोच लिएर अाएको छु ,अाउने दिनमा सुरक्षित प्रोसोति अाफ्नै गाउँ घर का स्वास्थ्य संस्था मा गराउने ,एउटा पनि सुतकेरी महिला हरु लाई गाउँपालिका बाहिर नजानदिने प्रतिबद्धता गर्नु भएको थियो। अाफ्ना गाउँपालिका स्वास्थ्य संस्था हरु लाई  दक्ष बनाउन मा जोड दिनु भएको  थियोे । 

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमोनाथ यादवले गाउँपालिकाका महिलाहरुलाई खोपको महत्वका बारे जनचेतना अभिवृद्धि गर्ने आवश्यकता अहिलेपनि रहेको बताए । खोप नपाउँदा  पाँच वर्ष  मुनिका  बालबालिकाहरुमा विभिन्न किसिमको रोग लाग्ने भएको हुँदा बच्चा जन्मिन बितिकै चिकित्सकको सल्लहा अनुसार प्रत्येक खोप समयमा लगाउनुपर्ने सुझाव दिए ।

अधिकृत यादवले महिला स्वास्थ्यकर्मी र स्वयम सेविकाहरुको प्रशंसा दिदै  गाउँपालिकालाई पूर्ण खोप घोषणा भएको बताए ।कार्यक्रममा उपाध्यक्ष राजमती देबी बरैन, ,खोप सुपर्वाजर प्रमुख जयमोद ठाकुर युनिसेफ का बेबी प्रसाईं, रानराज राणा,वडा अध्यक्ष लालबाबु चौरसिया,संजय पटेल ,सोनालाल चौरसिया, जयनारायण कुर्मी,  कार्यपालिका सदस्य  चनरज्योती देबी,मालती देबी,ललिता देबी,अकलिया खातुन, गाउँपालिका सदस्य , कर्मचारी, स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी ,पत्रकारलगाएतको सहभागिता रहेको थियो । पुर्णखोप घोषणा गराउनमा सहयोग गर्ने स्वास्थ्यकर्मीहरुलाई दोसाला ओढाई र प्रमाणपत्र दिएर सम्मानित समेत गरिएको थियो। पुर्ण खोप घोषणा कार्यक्रम मा पत्रकार लालबाबु बानिया,समेत सम्मानित हुनु भएको थियो।साथै   कार्यक्रम मा बिधालय का बिधार्थी, कर्मचारी,  हरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।कार्यक्रम संचालन  गाउँपालिका  स्वास्थ्य संयोजक योगेन्द्र चौरसियाले  गर्नु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित