Rashtriya Dainik

सासंद यादव र मेयर सिंहले सबैठवामा निर्माण हुन लागेको स्वास्थ्य प्रयोगशाला भवनको शिलान्यास

वीरगन्ज ,२९ मागह
वीरगंज । वीरगंज महानगरपालिकाले वडा नं. २३ सबैठवामा स्वास्थ्य प्रयोगशाला निर्माण गर्न सुरु गरेको छ ।
सामान्य स्वास्थ्य जाँचका लागि पनि मुख्य बजार धाइरहनुपर्ने बाध्यता हटाउन र नागरिकलाई गाउँघरमै सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्य प्रयोगशाला निर्माण कार्य सुरु गरेको हो ।
यसै आर्थिक वर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने गरि सुरु भएको प्रयोगशाला भवनको सोमबार शिलान्यास गरिएको छ । भवनको पूर्व मन्त्री एवं पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादब र वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो ।
भवनको शिलान्यास गर्नुहुँदै पूर्व मन्त्री एवं पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादबले महानगरको ग्रामीण क्षेत्रका नागरिकले अब घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण बन्न लागेको भन्दै खुशी व्यक्त गर्नुभयो ।यस्तै महानगर प्रमुख सिंहले निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो ।
महानगरको ग्रामिण क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न आफुहरु लागिरहेको भन्दै उहाँले यसमा सबैको साथको आवश्यकता रहेको बताउनुभयो ।
मुल्य अभिवृद्धि करसमेत गरि ६६ लाख ५१ हजार ५ सय ३७ रुपैयाँमा निर्माण हुन लागेको प्रशोगशाला भवनको स्यारन बिजी कन्सट्रक्सन प्रा.लि.ले ठेक्का सकार गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित