Rashtriya Dainik

सरावलकाे श्री श्री १०८ शतचण्डी महायज्ञ मुल समितिद्वारा पाेशाक हस्तान्तरण

राष्ट्रिय दैनिक / नवलपरासी ,२८ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका ३ सरावलमा अति विपन्न , एकल महिला तथा जेष्ठ नागरिकलाई पाेशाक हस्तान्तरण गरिएको छ।

श्री श्री १०८ शतचण्डी महायज्ञ मुल समितिकाे आयाेजनामा माघ २५ गते सम्पन्न महायज्ञ मुल समितिद्वारा माघ २८ गते आइतबार पाेशाक हस्तान्तरण गरिएको छ।

महायज्ञ मुल समिति अध्यक्ष महेन्द्र चाैधरीकाे अध्यक्षतामा २५ जनालाई अति विपन्न , एकल महिला तथा जेष्ठ नागरिकलाई पाेशाक हस्तान्तरण गरिएको हो ।

अति विपन्न , एकल महिला तथा जेष्ठ नागरिकलाई केही राहत प्रदान हाेस भनी शतचण्डी महायज्ञ मुल समितिकाे निर्णय अनुसार पाेशाक हस्तान्तरण गरिएको महायज्ञ मुल समिति अध्यक्ष महेन्द्र चाैधरीले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित