Rashtriya Dainik

उद्योग वाणिज्य संघको अध्यक्षमा क्षेत्री विजयी

कपिलवस्तु, माघ २८

कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी ३ बर्षे कार्यकालको लागि नयाँ कार्यसमिति निर्वाचित भएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघको ८ औं अधिवेशनबाट अध्यक्ष पदमा गणेश बहादुर क्षेत्री विजयी भएका छन् । शनिबार भएको चुनावको आइतबार अन्तिम नतिजा घोषणा हुँदा अध्यक्षमा संयुक्त प्यानलका गणेश बहादुर क्षेत्रीे ६१ मत अन्तरले बिजयी भएका छन ।
उक्त प्यानलका हुमानाथ पौडेल, वरिष्ठ उपाध्यक्षमा र नवदत्त घिमिरे महासचिवमा विजयी भएका हुन । अन्य पदमा भने मिश्रित नतिजा आएको छ । एउटा उपाध्यक्ष, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सचिवमा र केहि क्षेत्रगत सदस्य लगायतमा मोहन न्यौपाने प्यानलका उम्मेदवार विजयी भएका छन ।
अध्यक्ष क्षेत्रीले ९ सय १२ मत हासिल गर्दा प्रतिद्वन्दी मोहन न्यौपानेले ८ सय ५१ मत लिएका थिए । यसैगरी वरिष्ठ उपाध्यक्षमा पौडेल लोकप्रिय मतसहित विजयी भए । उनले ८ सय ८१ मत हासिल गर्दा पराजित भएका वीरेन्द्र खाँणले ७ सय २४ मत हासिल गरेका थिए । स्वतन्त्र प्यानलका देवीलाल कँडेलले १ सय २९ मत प्राप्त गरेका छन् ।
यस्तै महासचिव पदमा साझा प्यानलकै नवदत्त घिमिरेले ९ सय ७७ महत हासिल गरेका थिए । घिमिरेका प्रतिद्वन्दी मदन पौडेलले ९ सय ३३ मत हासिल गरेका थिए ।
यसैगरी उद्योग उपाध्यक्षमा गठबन्धनका खुमानन्द घिमिरेले ९ सय ५८ मत हासिल गरी विजयी भए । घिमिरेका प्रतिद्वन्दी रविन्द्र पौडेलले ९ सय २८ मत हासिल गरे ।
बाणिज्य उपाध्यक्षमा न्यौपाने प्यानलका नारायण पौडेल लोकप्रिय मतसहित विजयी भएका छन् । उनले १ हजार २ सय २० मत हासिल गर्दा प्रतिद्वन्दी गठबन्धनका घनश्याम अधिकारीले ६ सय ६३ मत मात्र प्राप्त गरेका थिए ।
यस्तै वस्तुगत उपाध्यक्षको ११ मतमा शालिकराम भुसाल ६ मत हासिल गरी विजयी भए । उनका प्रतिद्वन्दी रनेन्द्र सेनले ५ मत हासिल गरी १ मतले पराजित भए । एशोशियट उपाध्यक्षमा ५६ मत हासिल गरी रामजि सेन विजयी भए । प्रतिद्वन्दी बुद्धिराम पौडेलले ३१ मत हासिल गरेका थिए । महिला उपाध्यक्षमा मिना पोख्रेल ८ सय ९१ मत प्राप्त गरी विजयी भएकी छन् ।
यस्तै कोषाध्यक्ष र सह कोषाध्यक्षमा न्यौपाने प्यानलका धीरज खनाल र कृष्ण प्रसाद गैरे विजयी हुँदा सचिवमा न्यौपाने प्यानलकै दामोदर पन्थी विजयी भएका छन् । यस्तै अन्य सदस्य पदमा पनि मिश्रित नतिजा आएको छ ।
मोहन न्यौपाने प्यानल एमाले निकट रहेर चुनावमा होमिएको थियो । यस्तै गणेश बहादुर क्षेत्री निकट संयुक्त प्यानलमा काँग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एस, राप्रपाको गठबन्धन गरी साझा प्यानल चुनावी प्रतिस्पर्धामा रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित