Rashtriya Dainik

लागु औषध सहित दुई जना पक्राउ

पार्वती आचार्य
कपिलवस्तु माघ २७
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले तौलिहवा जितपुर सडक खण्ड र तौलिहवा मर्यादपुर सडक खण्डबाट दुई जनालाई पक्राउ गरेको छ । माघ २५ गते गस्तिमा खटिएको प्रहरी टोलिले तौलिहवाबाट जितपुर तर्फ जादै गरेको लु ४१ प ९७६८ नम्बरको स्कुटीलाई चेकजाँच गर्ने क्रममा स्कुटी चालक रुपन्देही जिल्ला बुटवल उपमहानगर पालिका १२ बस्ने २२ बर्षीय तिलक थापालाई पक्राउ गरेको हो । थापाको साथबाट ब्राउन सुगर जस्तो देखिने लागु औषध ३ ग्राम ४ सय १० मिलिग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरि बहादुर वलिले बताए ।
यस्तै सोही दिन तौलिहवा मर्यादपुर सडक खण्डमा बा ७२ प ७३६३ नं. को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा बुद्धभुमी नगरपालिका १ भेलाई बस्ने ३० बर्षीय सन्तोषा टण्डनलाई प्रहरीले पक्राउ गरेको छ । टण्डनको साथबाट प्लाष्टिक भित्र लुकाई छिपाई राखेको ल्क्ष्त्च्ब्ख्भ्त् ज्ञण् लेखेको पत्ता १ थानमा १५ ट्याबलेट र मोटरसाईकलको पछाडीको सिट मुनी त्इच्ऋक्ष्च्भ्ह् लेखेको १०० एम.एल. को बोतल ५ वटा सहित निजलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्ष वलिले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित