Rashtriya Dainik

सरावलमा महिलाहरुलाई तीन दिने अगरबत्ती बनाउने तालिम सम्पन्न

महेश यादव / नवलपरासी ,२७ माघ

पश्चिम नवलपरासीको सरावलमा आज एक कार्यक्रमका विच तीन दिने अगरबत्ती बनाउने तालिम सम्पन्न भएको छ । सरावल गाउँपालिकाकाे सहयोग र पब्लिक फाउन्डेसनको आयाेजनामा व्यवसायीक तालिम अन्तरगत महिलाहरूलाई अगरबत्ती बनाउने तालिम सम्पन्न भएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष बासमती हरिजनकाे प्रमुख अतिथता र फाउन्डेसनका अध्यक्ष महेश यादवकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बाेल्दै प्रमुख अतिथि हरिजनले महिलाहरु अब सीप सिकेर आत्मनिर्भर हुन जरुरी रहेको बताएकी छन । उहाँले समुदाय घरपरिवार र देशकाे विकासका लागि समेत महिला नेतृत्वकाे आवश्यकता रहेको बताउदै महिलाहरु आम्दानी आर्जन गर्न स्वम सीप सिक्नुपर्ने रहेको बताएकी थिइन । साथै उहाँले साथ सहयोग र आवश्यक बजेट समेत पालिकाबाट विनयाेजन गरि विभिन्न किसिमका महिलाहरुकाे लागि तालिम संचालन गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । उक्त कार्यक्रममा सहभागी भई अगरबत्ती बनाउन सीप सिकेकाहरुलाई उज्ज्वल भविष्यकाे कामना समेत गरेकी छन ।

संस्थाकि सह सचिव अन्नु सुनारकाे स्वागत मन्तव्यबाट सुुरु भएको कार्यक्रममा सरावल -३ का वडा अध्यक्ष फिरङ्गी चाैधरी ,नेपाल रेडक्रस साेसाईटी बालपुरी उपशाखाका अध्यक्ष भाेलेनाथ काेईरी (संजय ) , पालिका उपाध्यक्षका स्वकीय सचिव गाेपिचन्द्र हरिजन ,पत्रकार रुपेश राजभर ,प्रशिक्षक मनिसा काेहार ,सकुन्तला काेहार लगाएतका अतिथिहरुले मन्तव्य ब्यक्त गरेका थिए ।५० जना सीप सिक्नेहरुकाे सहभागीता रहेको कार्यक्रमकाे सञ्चालन संस्थाकि सदस्य डाेल कुमारी चाैधरीले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित