बसन्ती आचार्य /कपिलवस्तु ,माघ २७
महिला मानव अधिकार रक्षक संजालको बार्षिक साधारण सभा सम्पन्न भएको छ । संजालका अध्यक्ष पुष्पा रेग्मीको अध्यक्षतामा साधारण सभा तौलिहवामा सम्पन्न भएको हो ।
यस्तै संजालका सचिव पार्वती आचार्यले ०७९÷०८० को बार्षिक प्रगती विवरण प्रस्तुत गर्दै बिभिन्न सरोकारवाला निकायहरुसंग समन्वय गरी सचेतना मूलक कार्यक्रमहरु गरिएको बताउनु भयो । मानव अधिकारको क्षेत्रमा लैगिंक हिंसा , दिवसिय कार्यक्रम , हिंसा प्रभावित महिलाहरुलाई परामर्श तथा बिभिन्न बिषयगत कार्यालयहरुसंग समन्वय गरिएको बताउनु भयो । यस्तै कोषाध्यक्ष बिमला घिमिरेले ०८०÷०८१ को कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमका महिला अधिकारकर्मी सुस्मा आचार्यले महिलाहरुका सवालमा आवाज उठान गर्न महिला मानव अधिकार रक्षक संजालको अहंम भूमिका हुने बताउनु भयो । संजालको बार्षिक साधारण सभालाई संबोधन गर्दै महिला , बालबालिका , आपांगता भएका व्यक्ति र जेष्ठ नागरिकका बिकराल रुपमा रहेका समस्याहरुलाई समाधानका लागि सक्रिय रुपमा पैरवी गर्नुपर्ने बताउनु भयो । पछिल्लो समयमा उमेर नपुग्दै हुने प्रेम बिबाहलाई न्यूनिकरण गर्न किशोरीहरु र अभिभावकहरुलाई सचेत गराउन बिभिन्न अभिमुखिकरण तथा कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोडदिनु भयो ।
कार्यक्रममा सभाबाट महिला मानव अधिकार रक्षक संजालमा आवश्यक सदस्यहरु थप गर्ने निर्णय समेत गरिएको छ । कार्यक्रम संजालका अध्यक्ष पुष्पा रेग्मीको अध्यक्षतामा उपाध्यक्ष रुकैया खातुनको स्वागत तथा सचिव पार्वती आचार्यको संचालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा समाजसेवी प्रेमलत्ता भट्ट , किशोरी अधिकार मञ्चकी पूर्व जिल्ला अध्यक्ष अक्षिता शुक्ल , संजालका सम्पूर्ण सदस्यहरु लगाएतको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

