संजय कुशवाहा / नवलपरासी २७ माघ
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ८ वडा कार्यालयले जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरेको छ । शनिबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी २३७ जना जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरेको हो ।
वडाका जेष्ठ नागरिक तथा एकल महिलालाई टिका लगाई कम्मल बितरण गरेर सम्मान गरेको हो । वडाका जेष्ट नागरिक हाम्रा जन्मदाता तथा जिउँदा इतिहाँस भएकाले उनिहरुको मनोवल उच्चराख्न र चिसोबाट बाच्नको लागि कम्मल दिएर सम्मान गरेको वडाध्यक्ष संतोष राजभरले बताउनुभयो । उनले जेष्ठ नागरिकको स्वास्थ्य तथा उनिहरुले पाउँने भत्ता लगायत समाज तथा घरपरिवारमा स–सम्मान बाँच्न पाउँने अधिकारका लागि वडा सधै लागिपरिरहेको बताए ।
वडा कार्यालयले प्रतेक वर्ष जेष्ठ नागरिकलाई न्यानो लुगा बितरण तथा सम्मान गर्दै आइरहेको छ ।
जेष्ट नागरिकहरुले वडा कार्यालयले आफुहरुलाई हरेक वर्ष सम्मान गर्ने र सेवा सुविधाहरु पाउने गरेकाले खुसी ब्यक्ति गरे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

