बिनोद निगम/नवलपरासी / २६ माघ
पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालय देखि भन्सार कटाई त्रिवेणीमा माघे औंसीको स्नान गर्न आउने भारत उत्तर प्रदेशका विभिन्न ठाउँ र विभिन्न राज्य देखि आएका हजारौं को संख्यामा श्रद्धालु भक्तजनहरूको घुँइचो लागेको छ ।
पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका वार्ड नं ६ त्रिवेणीमा माघे औंसीमा स्नान गर्न आउने र माघे औंसी मेला भर्न आउने भक्तजनहरुको विहानैदेखि भीड लागेको छ ।
त्रिवेणीमा हरेक बर्ष नेपाल र भारतका गरी ४/५ लाख भक्तजनहरु माघे औंसीमा स्नान गर्न आउने गर्दछन् । त्रिवेणीमा सबैभन्दा ठूलो मेला माघे औंसीमा लाग्ने गर्दछ । त्रिवेणीमा २-३ दिनसम्म माघे औंसी मेला लाग्ने गर्दछ ।
नेपालको नवलपरासी, रुपन्देही, कपिलवस्तु चितवन,पाल्पा,तनहू,दाङ लगायतका जिल्लाका साथै भारतको उत्तर प्रदेश,विहार, उत्तराखण्ड लगायतका क्षेत्रका भक्तजनहरु यहाँ आउने गर्दछन् ।
नारायणी,सोन भद्र र पूर्ण भद्र नदीको संगम त्रिवेणीमा त्रिवेणी धाम,गजेन्द्र मोक्ष धाम,वाल्मिकी आश्रम जस्ता धार्मिक आश्रम जस्ता धार्मिक स्थलहरुका कारण पनि भक्तजनहरुको यहाँ बढी आकर्षण हुने गरेको छ । यहाँ नेपाली सेना,जनपथ प्रहरी,सशस्त्र प्रहरी,ट्राफिक प्रहरी,स्थानीय स्वयम् सेवकहरुले सुरक्षाको प्रबन्ध मिलाएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

