सुर्खेत – ऋणी उठाउने बहानामा महिलाहरु माथि मानसिक दबाब दिएको भन्दै डिप्रोक्स लघुबित्त बित्तीय संस्था गुर्वाकोट–६ मेहेलकुनाका शाखा प्रबन्धक दिपेन्द्र कट्टेललाई युवाहरुले अलकत्रा खनाइदिएका छन् । संस्थामा ऋणी सदस्यहरुलाई सामाजिक तथा मानसिक यातना हुने गरेर दबाब दिएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठनले शाखामै पुगेर कालोमोसोस्वरुप अलकत्रा दलेको अर्थ सरोकार अनलाइनमा उल्लेख छ ।
यसैबीच देशैभर भष्ट्रचार तथा सुदखोर बिरुद्ध उत्रिएको मोहन बैद्य किरण नेतृत्वको पार्टी आरसीपी, नेपालको युवा संगठनले कर्णाली प्रदेशमा पनि कालोमोसो अभियान शुरु गरेको संगठनले जनाएको छ ।
सदस्य महिलाहरु माथि ज्यादती गरेकोलगायतका चार बुदें चार्जसिट सार्वजनिक गर्दै क्रान्तिकारी युवा संगठनले मोसो दलेको हो ।
लघुबित्तको हाकिम दिपेन्द्र कट्टेल लाई कार्वाही किन ? भन्ने शिर्षकमा संगठनले अभियोग पत्र सार्वजनिक गरेको छ । जसमा कट्टेलले संस्थाले असुल गरिसकेको रकम सदस्य हरु संग पुनः पटक पटक माग्ने तथा यातना दिने गरेको, रकम असुलीको नाममा जनतालाई त्रसित गरि घरबार छोड्न बाध्य पारेको, संस्थाको रकम दिन नसक्ने ऋणी महिला माथि हातपात र चरित्र गर्ने खालको गतिविधि गरेकोलगायत अभियोग पत्र सार्वजनिक गरिएको छ ।
यसैबीच दिपेन्द्र कट्टेललाई कालोमोसो दलेको दावी गर्दै ईलाका प्रहरी कार्यालय अन्तरगत मेहेलकुना प्रहरी चौकीले संगठनका दुई जना नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुर्खेतले जनाएको छ ।
क्रान्तिकारी युवा संगठनका केन्द्रीय सदस्य हरि बहादुर बुढा र जिल्ला सदस्य सन्दीप वि.कलाई गिरफ्तार गरिएकोमा आरसीपी, नेपाल सुर्खेतले खेद प्रकट गरेको सो पार्टीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

