Rashtriya Dainik

त्रिवेणी धाममा शुक्रबार लाग्ने मेलाको सम्पुर्ण तयारी कार्य पूरा

आरपी उपध्याय / नवलपरासी २५ माघ

नेपाल अधिराज्यकै प्रमुख धार्मिक धरोहरहरु मध्ये एक पुर्वी नवलपरासीको त्रिवेणी धाममा शुक्रबार लाग्ने वार्षिकी मेलाको सम्पुर्ण तयारी कार्य पूरा भएको छ।
नेपाल भारतका लाखौ तिर्थालुको उपस्थितिमा लाग्ने त्रिवेणी मेला व्यवस्थापन सम्बन्धि सम्पुर्ण तयारी कार्य पूरा भएको मेला व्यवस्थापन समितिका अध्यक्ष एवं विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाहले जानकारी दिनुभएको छ।
मेला व्यवस्था सम्पन्न गर्न आधा दर्जन उपसमिती गठन भएको थियो भने सम्पूर्ण उपसमितिले आफ्नो कार्य क्षेत्र अन्तर्गतको पुरै कार्य सम्पन्न भएको बताएको छ।
मेला व्यवस्थाको प्रमुख कार्य मध्ये एक शान्ति सुरक्षालाई भरपर्दो र व्यवस्थित पार्ने कार्य पनि पूरा भएको जानकारी प्राप्त भएको छ।
मेला व्यवस्था कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी,ट्राफिक प्रहरी,नगर प्रहरी र स्थानिय स्वयंसेवक गरि २ सयको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेद बहादुर पौडेलले जानकारी दिनुभएको छ।
डिएसपी पौडेलले दिनुभएको जानकारी अनुसार सुरक्षाकर्मीहरु विहीबार दिउँसो २ बजेदेखि नै परिचालन गरिसकेको बताउनुभयो।
तिर्थालुहरुलाई भयमुक्त वातावरणमा मेलाको अवलोकन गर्न मेलाका मुख्य आकर्षण स्थलहरुमा जाने व्यवस्था पनि मिलाइएको डिएसपी पौडेलले जानकारी दिनुभयो।
नारायणी नदीको किनारमा लाग्ने त्रिवेणी मेलामा तिर्थालुहरु स्नान गर्ने घाटमा हुनसक्ने दुर्घटनाको न्यूनीकरण गर्न मोटरबोट र तालिमप्राप्त सुरक्षाकर्मीको परिचालन गरिएको जानकारी दिदै पौडेलले बढी भिड हुने क्षेत्रमा अप्रिय घटना नहोस भन्ने हेतु सादा पोसाकका प्रहरी पनि परिचालन गरिएको डिएसपी पौडेलले जानकारी दिएका छन।
त्रिवेणी,रानीनगर,ब्यारेज पुल लगायत क्षेत्रमा भिडलाई व्यवस्थित र मर्यादित रुपमा गन्तव्यमा जान आवश्यक सहयोगका निमित्त सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गरिएको पनि डिएसपी पौडेलले बताएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित