Rashtriya Dainik

४ सय २१ सवारी दुर्घटनामा ३३ जना नागरिकले ज्यान गुमाए

पार्वती आचार्य /कपिलवस्तु माघ २५
पछिल्लो समयमा बढ्दो सवारी दुर्घटनाका कारण अकालमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार चालु आर्थिक बर्ष ०८०÷०८१ को साउन देखि माघ २३ गते सम्म कपिलवस्तु जिल्लामा भएको ४ सय २१ सवारी दुर्घटनामा ३३ जना नागरिकले अकालमै ज्यान गुमाएका छन् । ७ सय जना नागरिक घाईते भएका छन भने उक्त घटनामा ४ सय ७० बिभिन्न सवारी साधन संलग्न भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनु भयो ।
साउन महिनामा भएको ५० दुर्घटनामा ४ जनाको मृत्यु , ७९ जना घाईते भएका छन् भने घटनामा ५५ वटा बिभिन्न सवारी साधन संलग्न रहेका थिए । भदौमा ६८ दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १ सय ६ जना घाईते भएका छन् घटनामा ७५ वटा सवारी साधन संलग्न भएका थिए । यस्तै असोजमा ५१ दुर्घटनामा १ जनाको मृत्यु , ९१ जना घाईते भएका थिए उक्त घटनामा ६० सवारी साधन संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक पौडेलले बताउनु भयो ।
यस्तै कार्तिकमा ८७ दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो जसमा १ सय ३५ जना घाईते भएका थिए भने ९५ वटा सवारी साधन घटनामा संलग्न रहेका थिए । मंसिरमा ८२ दुर्घटनामा ७ जनाको मृत्यु , १ सय ३७ जना घाईते भएका थिए भने घटनामा ९० वटा सवारी संलग्न भएका थिए । पुसमा ५० दुर्घटनामा १० जनाको मृत्यु भएको छ , १ सय ४ जना घाईते भएका थिए उक्त घटनामा ५५ सवारी साधन संलग्न भएका थिए । माघमा ३३ सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ , ४८ जना घाईते भएका छन् भने ४० सवारी साधन संलग्न भएको प्रहरी उपरीक्षक पौडेलले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सवारी दुर्घटनालाई न्यूनिकरण गर्न मातहतका ईलाकाहरु र स्थानियतहहरु संग समन्वय गरि बिभिन्न सचेतना मूलक अभियानहरु संचालन गर्ने योजना रहेको प्रहरी उपरीक्षक पौडेलले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित