Rashtriya Dainik

चोरी मुद्दामा फरार प्रतिवादी पक्राउ

कपिलवस्तु माघ २५
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चोरी सम्बन्धी कसुरको मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ०७९ असार ३ गते देखि चोरी मुद्दामा फरार प्रतिवादीलाई ७ महिना १९ दिन कैद सजाय रु रु. ५ हजार जरिवाना तोकिएको थियो । घटना मिति देखी फरार रहेका वाणगंगा नगरपालिका ७ बनगाई बस्ने २८ बर्षीय ऋषिकेश थापालाई माघ २५ गते पक्राउ गरी सम्मानित कपिलबस्तु जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि बहादुर वलिले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित