पार्वती आचार्य /कपिलवस्तु ,माघ २५
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बढ्दो दुर्घटना न्यूनिकरण गर्नका लागि जिल्लाको तिन स्थानमा व्यारीकेड स्थापना गरी सवारी चेकजाँचको निगरानी बढाएको छ । पञ्चकन्या गु्रप भैरहवाको सहयोगमा कपिलवस्तु जिल्लाको पिपरा , चन्द्रौटा र महाराजगंजमा व्यारीकेड स्थापना गरेपछि सो क्षेत्रमा सवारी दुर्घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
व्यारीकेड स्थापना भए पश्चात उक्त क्षेत्रहरुमा सवारी दुर्घटनामा कमी आएको छ । व्यारीकेडमा २४ सै घण्टा सुरक्षाकर्मीको डिउटी खटाईएको छ । रातीको समयमा गाडीको चेकजाँच गरी गाडी नम्बर समेत राख्ने गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताउनु भयो । दुर्घटना हुनेमा सबैभन्दा बढी महेन्द्रराजमार्ग , चारनम्बर तौलिहवा सडक र हुलाकी मार्गमा बढी दुर्घटना हुने गरेको छ ।
सवारी चालकको लापर्वाही हुनु , पैदल यात्रीहरुले सतरकता नअपनु नै दुर्घटना बढी हुनुका मुख्य कारण हुन । सवारी दुर्घटनाको न्यूनिकरण गर्न जिल्लाको सातवटा ईलाकाको क्षेत्रहरुमा प्रहरी टोलिले सवारी साधनहरुको भिगरस चेकजाँच गर्दै आएको छ । सो अवसरमा सवारी चालकहरुलाई परार्श समेत गर्दै आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक पौडेलले बताउनु भयो ।
यस्तै पिक आवरमा बिशेष फोकस गरि दुईटा मोटरसाईकल दुईटा क्यूआरटीको रुपमा मोटरसाईकलहरु दुर्घटना सम्भावित क्षेत्रमा राख्ने योजना बनाएको छ भने केही कार्यहरु लागू गरि सकिएको छ । मोवाईलहरु अफिसमा नराखी सडक सडकमा राख्ने साँझ र बिहानको समयमा प्रहरीलाई सडक र दुर्घटना हुने एरियामा गस्ति गर्न निर्देशन दिई सकिएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सवारी दुर्घटनालाई न्यूनिकरण गर्न मातहतका ईलाकाहरु र स्थानियतहहरु संग समन्वय गरि बिभिन्न सचेतना मूलक अभियानहरु संचालन गर्ने योजना रहेको प्रहरी उपरीक्षक पौडेलले बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

