Rashtriya Dainik

बारामा ६१ थान नक्कलीनोट सहित ५ जना पक्राउ

बारा ,२५ माघ
बाराको जितपुरबाट प्रहरीले मंगलबार ६१ थान नक्कली नोट सहित पाँचजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर गाऊपालिका वडा न. ३ बस्ने रामचन्द्र महतो कोईरी,बारा परवानिपुर ५ का सुमित साह,संतोष पटेल,वीरगन्ज १० का विशाल कुमार श्रिवास्तव र सोही ठाऊ बस्ने निरज श्रिवास्तव रहेका छन।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराले जितपुर बजारमा नक्कली नोट कारोबार गरिरहेको अवस्थामा एक जना र उक्त कार्यमा संलग्नता रहेको ४ जना व्यक्तिहरूलाई एक हजारको नोट ६१ थान र भारतिय सिम कार्ड सहित ७ थान मोबाइल नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सुरेश काफ्ले बताए।
पक्राउ परेका नक्कली नोट ६१ थान सहित ५ जनालाई कारबाही प्रक्रिया अगाडी बढएको बारा प्रहरी प्रमुख काफ्ले जानकारी दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित