Rashtriya Dainik

सरावलमा तीन दिने अगरबत्ती बनाउने तालिम सुरु

महेश यादव / नवलपरासी ,२५ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे आर्थिक सहयोग र पब्लिक फाउन्डेसन रामग्राम-४ सुर्यपुराकाे आयाेजनामा नेपाल रेडक्रस साेसाईटी बालपुरी उपशाखा सरावल-३ भिमटाडीकाे सभाहलमा तिन दिने अगरबत्ती बनाउने तालिम सुरु भएको छ ।

संस्थाका अध्यक्ष महेश यादवकाे अध्यक्षता तथा समाजसेवी बुद्धिजीवी ईन्द्रकमल यादवकाे प्रमुख अतिथतामा सुरु भएको कार्यक्रममा बाेल्दै प्रमुख अतिथि यादवले महिलाहरूले अगरबत्ती बनाउने तालिम सिकेर आत्मनिर्भर हुन आवश्यक रहेको बताएका छन । उहाँले ”सीप सिकाैं`´आत्मनिर्भर बनाैं ” भन्ने मुल नाराका साथ सञ्चालित तीन दिने अगरबत्ती बनाउने तालिम सिकेर स्वराेजगार भई आफू मात्र नभई अरुलाई पनि सिकाएर राेजगारीकाे समेत सिर्जना गर्न बताउनुभएको छ ।

साे अवसरमा बाेल्दै विशिष्ट अतिथि कृषि शाखा प्रमुख कुलदिप मिश्राले महिलाहरुलाई सीप र दक्षता हासिल गर्न आजको आवश्यकता रहेको बताए । उनले महिलाहरु जागरुक भई सीप सिकेर पालिका भित्रै राेजगार दिने खालको साेचका साथ अगाडि बढ्नुपर्ने आवश्यता रहेको बताएका छन । साथै आफुले दैनिक जिवनमा पुजापाटका लागि प्रयाेग गर्ने अगरबत्ती समेत सिकेर आफै बनाई उपयाेग गर्न बताउनुभयो ।


संस्थाका सदस्य डाेल कुमारी चाैधरीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा महिला तथा बालबालिका शाखाका माया रेग्मी,प्रशिक्षक मनिशा काेहार , पत्रकार रुपेश राजभर लगायतले बाेल्नुभएकाे थियाे। कार्यक्रम सञ्चालन संस्थाका काेषाध्यक्ष सुरेश यादवले गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित