Rashtriya Dainik

खोजीपुर सामुदायिक बन उपभोक्ता समूहको १४ औं वार्षिक साधारण सभा सम्पन्न

पार्वती आचार्य / कपिलवस्तु ,माघ २४

खोजिपुर सामुदायिक वन उपभोक्ता समूहको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम बुधबार कपिलवस्तुको बाणगंगा नगरपालिका–९ जिनुवमा अवस्थित सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रमका अध्यक्ष दिपक कुमार थापाले निति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक बर्ष ०८०÷०८१ को लागि अनुमानित आम्दानी रु २ करोड ६१ लाख ५२ हजार रुपैयाको बजेट प्रस्तुत गरेका थिए । सो क्रममा उनले वन व्यवस्थापनलाई आगामी दिनमा योजनाबद्ध रुपमा कार्यान्वयन गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष थापाले वनको दिगो व्यवस्थापनलाई आफुले जोड दिएको बताए ।
यस्तै कोषाध्यक्ष सरस्वती गैरे पौडेलले ०७९÷०८० को १ करोड ८३ लाख ८८ हजार ३७ रुपैंया ९६ पैसा खर्च भएको विवरण प्रस्तुत गरिन् । उनले आम्दानीतर्फ १ करोड ८३ लाख ८८ हजार ३७ रुपैया ९६ पैसाको आयव्यय प्रस्तुत गरेकी थिईन् । यसैगरी बार्षिक प्रगति प्रतिवेदन सचिव लक्ष्मी पौडेल र वार्षिक लेखा प्रतिवेदन लेखा संयोजक उमानन्द अधिकारीले प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि डिभिजनल वन अधिकृत बिजयराज सुवेदीले वन संरक्षण र व्यवस्थापनको बिषयमा जानकारी दिंदै वन व्यवस्थापन गर्न सबैले राम्रो काम गर्नुपर्ने बताए । वनलाई व्यवस्थापन गर्न बनाईएका निति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए । बनलाई राम्रो बनाउन अवधि पुगेका रुखलाई काट्ने, नयाँ बिरुवा उमार्ने र हुर्काउने कार्य नै वैज्ञानिक वन व्यवस्थापन हो डिभिजनल बन अधिकृत सुवेदीको भने । अधिकृत सुवेदीले तोकिएको कामहरु समयमा सम्पन्न गर्न सम्पूर्ण सामुदायिक बनहरुले साधारण सभा समयमा नै गर्नुपर्ने बताए ।
वन नविकरणीय स्रोत भएको बताउँदै उनले भने, ‘बन जंगलमा भएका खोलानाला सुक्न दिनु हुदैंन् । खोला खहरेको व्यवस्थापन गर्नुपर्छ । ’बनले आम्दानीको श्रोत बढाउन बनलाई संरक्षण गर्नुपर्ने बनलाई हानी नोक्सानी हुने कार्य गर्न नहुने उनले बताए । गरिवी निवारण र सामाजिक बिकास निर्माणका कार्यहरु गर्दा स्थानिय सरकारसंग समन्वय र सहकार्य गरेर कार्यक्रमहरु संचालन गर्न आग्रह समेत गरे । आम्दानीको श्रोत बढाउन बनलाई संरक्षण गर्नु पर्छ राम्रोसंग बन जोगाउन सके उपभोक्ताले रोजगारी पनि प्राप्त गर्ने र आम्दानीमा पनि बृद्धिहुने बिश्वास व्यक्त गरे ।
कार्यक्रमका बिशिष्ट अतिथी वडा नं. ९ का वडा अध्यक्ष कमल पौडेलले सामुदायिक वन र वडाले सहकार्य गरेर कार्यहरु अगाडी बढाउनु पर्नेमा जोड दिए । उनले वनको बजेट देखेर काम गर्ने व्यक्तीहरु वडा तर्फ भन्दा वन तर्फ आकर्षित देखिएको हुँदा त्यस्तो नगरी बिकास तर्फ अगाडी बढ्न आग्रह गर्दै सामुदायिक बनले गर्ने गतिविधिहरु पारदर्शी हुनुपर्नेमा जोड दिएका थिए ।
यस्तै वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष शेषकान्त बेल्वासेले वनको संरक्षण गर्न आम उपभोक्ताहरु सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्ने वक्ताहरुले वन संरक्षणको विकल्प नरहेको बताउँदै वनको उपभोग राम्रोसंग गर्न सके वनबाटै समृद्धि हासिल गर्न सकिनेमा जोड दिएका थिए ।


साधारण सभामा समूहका अध्यक्ष दिपक कुमार थापाको अध्यक्षता उपाध्यक्ष दुर्गा थापाको स्वागत मन्तव्य तथा सचिव लक्ष्मी पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधीहरु , टोल बिकास संस्थाका पदाधिकारीहरु, छिमेकी सामुदायिक बनका अध्यक्षहरु , पूर्व अध्यक्ष तथा पदाधिकारीहरु , उपभोक्ता समूहका पदाधिकारीहरु समाजसेवी बुद्धिजिवीहरु , सुरक्षाकर्मी , पत्रकार लगाएको सहभागिता रहेको थियो ।
सो अवसरमा शुद्धोधन माविका कक्षा ४ देखि कक्षा १२ सम्मका २० जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो । यस खोजिपुर सामुदायिक वन उपभोक्ता समूहको २ सय ७६ दशमलव ७१ हेक्टर क्षेत्रफल रहेको छ । जसमा ४ सय ९६ उपभोक्ताहरु लाभान्वित छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित