पार्वती आचार्य
कपिलवस्तु माघ २४
दोस्रो प्रगतिनगर कृषि तथा पर्यटन महोत्सव यही माघ २६ गते देखि सुरु हुने भएको छ । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्कीले गर्ने प्रगतीनगर सेवा समाजका अध्यक्ष तथा महोत्सव संयोजक पुष्पराज अर्यालले बताउनुभयो ।
महोत्सवमा स्थानीय कला संस्कृति, पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिइने आयोजक संस्थाले जनाएको छ । महोत्सवमा ५० हजार भन्दा धेरै दर्शक उतार्ने लक्ष्य सहित आयोजना गरिएको महोत्सवमा ६० बढी स्टलहरु रहने छन् । १० भन्दा बढी स्टल कृषिको लागि मात्र छुट्याइएको छ । विगतको वर्षमा भएका कमी कमजोरी हटाउँदै दोश्रो महोत्सवलाई उत्कृष्ट रुपमा सफल पार्न सबै पक्षले सहयोग गर्ने छन् भन्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले महोत्सवले शुद्धोधनको पहिचानलाई झल्काउदै आर्थिक चलायमान गराउन सहयोग गर्ने बताउनुभयो । पालिकाको विकासको लागि आफुहरुले महोत्सव लगाएतका बिभिन्न कार्यक्रमलाई संरक्षण गर्दै नेतृत्वदायी भुमिका खेल्ने अध्यक्ष चौधरीले बताउनुभयो । 
कार्यक्रममा वडा नम्बर १ का वडा सदस्य नथई प्रसाद यादवले महोत्सवलाई सफल पार्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले महोत्सवको सफलताको शुभकामना दिंदै होत्सवलाई सफल बनाउन सत्यतथ्य समाचार संम्प्रेषण गरि प्रचारप्रसार गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
सो अवसरमा महोत्सवका मुख्य आकर्षकहरु दोस्रो प्रगतिनगर डान्स आइडल, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, भिडियो जोन, विभिन्न झाँकी प्रदर्शनी लगायत महोत्सवका प्रमुख आकर्षकहरु रहेको महोत्सव मिडिया संयोजक भुपाल थापाले बताउनु भयो । महोत्सवमा विद्यार्थीहरुको लागि ४० र अन्य सर्वसाधारणहरुको लागि ६० रुपैँया प्रवेश शुल्क तोकिएको छ ।
पत्रकार सम्मेलन समाजका अध्यक्ष पुष्पराज अर्यालको अध्यक्षता, सदस्य रफिक मोहम्मदको स्वागत मन्तब्य रहेको कार्यक्रममा जिल्लाका पत्रकारहरुको उपस्थिती रहेको थियो । कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ स्थित प्रगतिनगर सेवा समाजको आयोजना तथा शुद्धोधन गाउँपालिकाको संरक्षणमा आयोजना हुन लागेको महोत्सव फाल्गुन ७ गते सम्म सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

