आरपि उपाध्याय / नवलपरासी ,२४ माघ
लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले शान्ती,सुरक्षा, अमन चयन राख्नु प्रहरीको प्रथम कर्तव्य रहेको बताउनु भएको छ।
ईलाका प्रहरी कार्यालय बेलाटारी पश्चिम नवलपरासीको नवनिर्मित भवन उद्घाटन गर्दै प्रहरी नायब महानिरीक्षक कडायतले सिमित साधन स्रोतको बाबजुद पनि प्रहरी संगठनले राज्यले दिएको जिम्मेवारीलाई मन,कर्म र वचनद्वारा पालना गर्दै आएको बताउदै लुम्बिनी प्रदेशको दक्षिणी सिमानाका र आसपासका ईलाकामा हुने गरेको अवैध क्रियाकलाप रोक्न प्रहरीद्वारा गरिएको प्रयास सराहनीय भएको जिकिर गर्नुभयो।
प्रहरीद्वारा पुर्याइने सेवा सुविधामा कुनै प्रकारको बहाना बाजि गर्न नहुने धारणा राख्दै सुरक्षाकर्मीले आफ्नो आचरण,व्यवहार सुधार गर्दै “सत्य सेवा सुरक्षणम” को आदर्शलाई नागरिक केन्द्रित गर्नुपर्ने वर्तमान समयको माग रहेको डि.आइ.जि. कडायतले मातहतका निकायलाई निर्देशन पनि दिनुभयो।
भवन उद्घाटन समारोहमा चालू आर्थिक वर्षमा फरार प्रतिवादी पक्राउ गरि कानुन सम्मत जरिवाना गरिएको,भन्सार छली नदीजन्य पदार्थ उत्खनन,स्रोत नखुलेको रकम लगायत कुल ६ करोड १६ लाख बराबरको राजस्व दाखिला गरिएको जानकारी गराइएको थियो।
लागू औषध सेवनकर्ता नियन्त्रण र सिमापार भारतबाट ल्याइने लागू औषध बरामद तथा ४०५ वटा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिएको सम्बन्धि प्रगती प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले सुरक्षाकर्मीले आफू दु:ख,पीडा भोगेर भएपनी संगठनले दिएको जिम्मेवारीलाई पूरा गर्दै आएको विचार व्यक्त गर्नुभयो।
सो अवसरमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमार काजी आचार्यले सबैमा कृतज्ञता सहित धन्यवाद ज्ञापन गर्नुभएको थियो।
नव निर्मित ईलाका प्रहरी कार्यालय भवनमा १४ कोठा,१ भान्साघर र १ स्नान घर रहेको छ भने भवन निर्माण कार्यमा कुल ३ करोडको लागत लागेको डि.एस.पि. इन्जिनियर रोसन सारुले जानकारी दिनुभयो।
उद्घाटन समारोहमा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश यादव, प्रहरी नायब उपरीक्षक रेशम बोहरा लगायतले पनि आफ्नो भनाइ राख्नुभएको थियो।
सो अवसरमा जनप्रतिनिधि,स्थानिय कार्यालय प्रमुख पुर्व प्रहरी र बहालवाला प्रहरीको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

