राजन कुमार बानिया /पर्सा, २४ माघ
सशस्त्र प्रहरीले पर्साबाट ठूलो परिणाममा प्याज बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ स्थित अलौ तथा ड्राइपोर्ट क्षेत्रबाट ५ हजार ७४० किलोग्राम प्याज बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्सा तथा मातहतका युनिट प्रस्तावित सीमा सुरक्षा गुल्म अलौ र बिओपी ड्राइपोर्टबाट खटिएको टोलीले आकस्मिक चेकजाँच गर्ने क्रममा उक्त परिणाममा प्याज बरामद भएको हो ।
सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठकाअनुसार अवैध रुपमा भन्सार छली प्याज ल्याउँदै गरेको अवस्थामा प्रदेश २–०३ ००१ च ६२०३ र प्रदेश २–०३ ००१ च् ५९३५ नम्बरका २ वटा पिकअप नियन्त्रणमा लिइएको हो ।
बरामद प्याजसहित ४२ लाख २९ हजार ६ सय रुपैयाँ बराबरको २ वटा पिकअप गाडीलाई पनि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

