Rashtriya Dainik

देशलाई बिकास गर्न बोलेर मात्र हुँदैन काम गर्न आवश्यक छ : अर्थमन्त्री महत

पार्वती आचार्य
कपिलवस्तु माघ २३
देशलाई बिकसित गर्न बोलेर मात्र हुँदैन काम गर्न आवश्यक भएको अर्थमन्त्री डा प्रकास शरण महतले बताउनु भएको छ । प्रमुख अतिथी समेत रहहनु भएका अर्थमन्त्री डा. महतले देशको बिकास गर्न राजनीति भन्दामाथि उठेर सकारात्मक सोच सहितको विकास सबैले गरौं भन्ने सन्देश दिनु भएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ वार्षिक साधारण सभा तथा ८ औँ अधिवेशनको उद्घाटन गर्दै अर्थमन्त्री महतले यस्तो बताउनु भएको हो ।
बाहिर हल्ला चलेजस्तो देशको अर्थतन्त्र धराशायी नभएको बताउँदै केहिले देशको अर्थतन्त्र श्रीलङ्काको जस्तो गम्भिर सङ्कटमा परेको भनि हल्ला चलाएपनि वास्तवमा त्यस्तो नरहेको स्पष्ट पार्नुभयो । नेपालको मुल्य वृद्धि लक्ष्य भन्दा तल झरेको भन्दै देश श्रीलङ्का हुने कुनै आधार नभएको उहाँले दाबी गर्नुभयो । नकारात्मक कुराले मात्र विकास नहुने भएको हुँदा देश परिवर्तन गर्न सकारात्मक सोचको विकास गर्नुपर्नेमा जोडदिनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थिले सरकारले ठुला ठुला लगानी गरेका विकास निर्माणका कामलाई चलायमान बनाउनु पर्ने बताउनु भयो । कतिपय विकास निर्माण अलपत्र हुँदा लगानी खेरा गएको हुँदा जनताको आवश्यकता अनुसार कामहरु हुनपर्नेमा जोड दिनुभयो । लुम्बिनीमा आउने पर्यटकलाई कपिलवस्तु सम्म ल्याइ प्राचीन कपिलवस्तुको विकास गर्नुपर्ने सांसद पन्थीले बताउनुभयो । नेपाल कृषि प्रधान देश भएकाले कृषिलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले पछिल्लो समय उद्योगी व्यवसायी धरापमा परिरहेको भन्दै तिनै तहका सरकारले सहयोग गर्नुपर्नेमा बताउनु भयो । उद्योग व्यवसाय धरासायी हुँदा आत्महत्या गर्नुपर्ने स्थिति आएको बताउँदै अर्थतन्त्रलाई व्यवस्थापन गर्न सरकार संवेदनसिल हुनुपर्ने बताउनु भयो ।
यसैगरी बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले कपिलवस्तु उद्योग वाणिज्य संघ देशको विकासमा टेवा पुर्याउने संस्था भएकाले यो सङ्ग सहकार्य गर्न नगरपालिका तयार रहेको बताउनुभयो । निजि क्षेत्रको प्रवद्र्धधन नहुदा सम्म देशको विकास हुन नसक्ने भएकाले सरकारले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिस्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्ष शुरकृष्ण वैद्य, निवर्तमान अध्यक्ष उमनाथ पौडेल , विभिन्न सरोकारवाला निकाय, राजनीति दलका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवी, नागरिक समाज उद्योगि व्यवासायी लगायतले आ आफ्नो धारणा राख्दै जिल्लाका व्यवसायीहरुलाई माथि उकास्न देश बनाउन सबैलाग्नु पर्नेमा जोडदिएका थिए ।
संघका अध्यक्ष दोलकराम घिमिरेको अध्यक्षतामा बरिष्ठ उपाध्यक्ष छविलाल रेश्मी मगरको स्वागत मन्तव्य तथा महासचिव मनोज पौडेलले संचालनमा सम्पन्न साधारण सभामा कपिलवस्तु उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु , सल्लाहकारहरु , लेखा समिती , उपसमिती सदस्यहरु , मानार्थ समिती सदस्यहरु , संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित